२०८२ बैशाख ८, सोमबार
१८ बर्षिय डोरबहादुरको उचाई ७३ दशमलब ४३ सेन्टिमिटर अर्थात् २ फिट ४ दशमलब ९ इन्च छ। डोरबहादुरले जिउदा होचा पुरुषमध्येकै संसारकै होचा व्यक्तिमा गिनिज बुक अफ वल्र्ड रेकर्डमा नाम लेखाउन सफल भएका छन्। विश्वकै होचा किशोर टिनएजर को रुपमा गिनीज बुक अफ वल्र्ड रेकर्डस उनले आफ्नो नाम लेखाउन सफल भएका हुन्।
संसारमै होचा बाच्ने पुरुषमा डोरबहादुर परेपछि गिनीजबुक अफ वल्र्ड रेकर्डसमा नाम लेखाउदै उनलाई काठमाण्डौमा एक कार्यक्रमका बिच प्रमाण पत्र दिइएको थियो।
नेपाल पर्यटन बोर्डमा आयोजना भएको एक समारोहमा उनलाई प्रमाणपत्र उपलब्ध गराइएको हो। गत कार्तिकमा डोरबहादुरका दाई नरबहादुर खपाङगीले उनको नागरिकता बनाउन भन्दै जिल्ला प्रशासनमा लिएर गएपछि उनी होचा व्यक्तिको चर्चामा थिए।
सिन्धुली जिल्लाको गोलन्जोर गाँउपालिका–४ निवासी १८ बर्षिय डोरबहादुर खपाङी नेपालकै सबैभन्दा होचो व्यक्ति फेला परेका नागरिकता बनाएकै समयमा चर्चा चलेपछि गिनिजबुकलाई जानकारी गराइएको थियो। डोरबहादुरलाई तत्कालिन प्रमुख जिल्ला अधिकारीले नागरिकता उपलब्ध गराएका थिए।
जिल्ला प्रशासन कार्यालयका अनुसार डोरबहादुरलाई नागरिकता प्रमाणपत्र दिने क्रममा उचाई ७१ सेन्टिमिटर र तौल १३ केजी पाइएको थियो र नेपालकै होचा र विश्बकै दोस्रो होचा व्यक्ति भएको अनुमान गरिएपछि गिनिजबुकमा नाम लेखाउन पहल गरिएको थियो।
डोरबहादुरलाई जिल्ला प्रशासन कार्यालयले बंशजको आधारमा नागरिकता प्रदान गरेको तत्कालिन प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेले जानकारी दिएका थिए। गत कार्तिकमा नागरिकता दिने क्रममा उमेर जाँच गरि चिकित्कसले प्रमाणित गरेपछि उनलाई नागरिकता दिइएको थियो।
डोरबहादुरको नागरिकता प्रमाणपत्रमा जन्म मिति २०६१ साल कार्तिक २९ गते उल्लेख गरिएको छ। बाबु टक्करबहादुर खपाङगी र आमा रणमाया खपाङगी मगरका कान्छा छोरा डोरबहादुर सामान्य बोलचाल र हिड्डुल गर्ने सक्ने छन्। गाँउकै प्राथमिक विद्यालयमा उनि कक्षा १ मा अध्यनरत समेत रहेको उनका दाजु नरबहादुर बताउछन्।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे