२०८१ मंसिर ७, शुक्रबार
सेवाग्राहीहरूलाई अनलाइन आवेदन भर्न असजिलो भएको, महङ्गो शुल्क तिर्नु परेको, हप्तौँसम्म लाइनमा बस्दा पनि पालो नपाइएको भनी प्रशासन कार्यालयमा गुनासो आएको हुँदा उक्त सेवा सुचारू गरिएको सहायक प्रमुख जिल्ला अधिकारी (सूचना अधिकारी) हरि प्रसाद गैरेले नवलपुर अनलाइनलाई बताउनुभयो।
प्रशासन कार्यालयले जनगुनासोलाई सम्बनोधन गर्दै आजै जेठ २३ गतेदेखि डाइरेक्ट अनलाइन आवेदन भरि निःशुल्क सेवा दिईएको गैरेले बताउनुभयो।
आलोपालो प्रणालीवाट विद्युतीय राहदानीको आवेदन सेवा उपलब्ध हुनेछ। उक्त सेवा लिनका लागि नेपाली नागरिकताको प्रमाणपत्रको सक्कल प्रति, राष्ट्रिय परिचयपत्र, नविकरणको लागि पुरानो पासपोर्ट र नावालकको हकमा नावालक परिचयपत्र सहित अभिभावकको नागरिकताको सक्कलै प्रति लिएर आउन प्रशासनले आग्रह गरेको छ।
स्वयं उपस्थिति हुन अनुरोध छ। आफै अनलाइन आवेदन गर्न सक्ने सेवाग्राहीले. विद्युतीय राहदानीको आवेदन खुला गरिए अनुसार आफै अनलाइन आवेदन गर्नु हुन र यसरी आवेदन गर्नको हकमा तोकिएको मिति र समयमा सेवा लिंदा पालो पर्खनु नपर्ने व्यहोरा |समेत अतरोध छ । साथै, राहदानी विभाग राहदानी बनाउन पायक पर्ने सहज हुने सबै सेवाग्राहीले सो भवनलाइन आवेदन खुला गरिए अनुसार नै आवेदन गरी सेवा लिनुहुन समेत अनुरोध छ।
अब प्रत्येक दिन ४० वटाको संख्यामा उक्त नि:शुल्क फारम खुलाईने र सोही फारम अनुसारको ईनरोलमेन्ट फारम प्रशासनले नि:शुल्क भरिदिने गैरेले बताउनुभयो। यो सुविधा नेपालमै पहिलो पटक गुल्मीले गर्न लागेको हुँदा सेवाग्राहीलाई यसबाट प्रत्यक्षरूपमा फाईदा पुग्ने उहाँले जानकारी गराउनुभयो।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे