२०८१ बैशाख १३, बिहिबार
तनहुँ। पृथ्वी राजमार्गको तनहुँ खण्ड एकतर्फी सञ्चालनमा आएको छ।
गए राति १० बजेदेखि बन्दिपुर गाउँपालिका वडा नम्बर १ रिमाल्नीमा सडक अवरूद्ध भएको थियो।
सडकमा जम्मा भएको हिलोमा बस फसेको थियो। बस निकालेपछि आज बिहान ८ बजेदेखि सडक एकतर्फी रूपमा सञ्चालनमा आएको प्रहरीले जनाएको छ।
पृथ्वी राजमार्गकै याम्पाफाँट लगायतमा सडक विस्तार गर्न हरेक रात पाँच घन्टा सडक बन्द गर्ने गरिएको छ। यी ठाउँ र रिमाल्नीमा सडक अवरूद्ध हुँदा यात्रुहरू गन्तब्यमा जान रोकिएका थिए।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे