२०८१ मंसिर ७, शुक्रबार
निकुञ्जभित्र गरिने जंगल सफारी, जंगल वाकलगायत गतिविधि बन्द गर्न लागिएको हो।
निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार मनसुन सुरू भएसँगै निकुञ्ज भित्रका कच्ची वन पथ बिग्रने, जंगलमा भएका स-साना खोला खोल्सामा बाढी आउने तथा रूख लडेर बाटो अवरूद्ध हुन सक्ने भएकाले गतिविधिमा रोक लगाइएको हो।
‘अर्को सूचना जारी नभए सम्मका लागि पर्यटकीय गतिविधि बन्द गरिएको छ,’ उनले भने।
निकुञ्जले हरेक वर्ष वर्षातको समयमा यस्ता गतिविधि बन्द गर्ने गर्दछ। योसँगै राप्ती नदीमा गरिने डुंगा सफारी बन्द गरिएको उनले जानकारी दिए।
वर्षातको समयमा डुंगा सफारी गर्दा जोखिम हुने भएकाले यसलाई बन्द गरिएको हो।
निकुञ्जभित्र हुने पर्यटकीय गतिविधिबाट यस आवको वैशाखसम्म आठ करोड १७ लाख ८३ हजार रुपैयाँ राजस्व संकलन गरेको छ। सो समयमा एक लाख ५९ हजार ८८१ पर्यटकले निकुञ्जको भ्रमण गरेका थिए।
उनीहरूमध्ये एक लाख ३६ हजार ५२२ नेपाली, १० हजार ९३४ सार्क मुलुकका र १२ हजार ४२५ अन्य मुलकका रहेको निकुञ्जले जनाएको छ। सोही अवधिमा निकुञ्जभित्र दुई करोड ४१ लाख ४० हजार पटक जंगलमा जिप सफारी गरिएको छ। निकुञ्जको मुख्य आम्दानी पर्यटकबाट हुने जंगल सफारी रहेको छ। रासस
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे