२०८२ बैशाख २४, बुधबार
४ : ०३ : १६
जिल्लाको सत्यवती गाउँपालिका –७ जोहाङ स्थित उल्लीखोला छेउमा चन्द्रकोट गाउँपालिका वडा ७ सोतामा बस्ने ९० बर्षीय नरहरी भण्डारी मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
बुधबार साँझसम्म पनि घरमा नआएपछि परिवारका सदस्य , स्थानीय र प्रहरीले खोज्ने क्रममा शुक्रबार साँझपख खोलाको छेउमा फेला पारेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब निरीक्षक श्यामप्रकाश यादवले जानकारी दिनुभयो । भण्डारीको शवलाई पोष्टमार्टम गरी आफन्तको जिम्मा लगाइएको प्रहरीको भनाई छ ।
खोलाको किनारमा शब फेला परेकाले खोलाले बगाएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ । घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
news.nawalpuronline@gmail.com
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे