२०८१ मंसिर ६, बिहिबार
मन्त्रालयको स्वास्थ्य आपतकालीन तथा विपद् व्यवस्थापन इकाइका प्रमुख डा. समीरकुमार अधिकारीले मनसुनजन्य प्राकृतिक विपद्सँगै खानेपानी प्रदूषण भई सरसफाइमा चुनौती थपिन गई हैजालगायत संक्रामक रोग फैलिन सक्ने भएकाले आवश्यक पूर्वतयारी गर्न देशभरका सबै अस्पतालाई निर्देशन दिएका हुन्।
अहिलेसम्म काठमाडौं उपत्यकामा हैजाका १७ बिरामी भेटिएका छन्।
विपद् तथा महामारीलगायत प्रतिकार्यका लागि तयार एवं सर्तक रहन, स्वास्थ्यकर्मी तयारी अवस्थामा राख्न, आवश्यकताअनुसार शैय्याको व्यवस्थापन गर्न तथा औषधि उपकरणको तयारी गर्न सबै अस्पताललाई उनले निर्देशन दिएका हुन्।
अस्पतालबाट आवश्यक सूचना संकलन तथा निगरानी गरी तत्काल उपचारमा संलग्न हुनुपर्ने भएकाले साधनस्रोतलाई अधिकतम उपयोग गरेर जनधनको क्षति न्यूनीकरण हुने गरी संयन्त्र तथा कार्ययोजना तयार गरी कार्य गर्न पनि निर्देशनमा उल्लेख छ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे