२०८२ बैशाख ९, मंगलबार
सोमबार बिहान लैनचौरस्थित दूतावासभित्र ड्युटीमा बसेका भारतीय सुरक्षा गार्डको मृत्यु भएको हो।
दीपक सिंह नामका ती सुरक्षा गार्डले आफैंलाई गोली हानेको बताइएको छ।
घटनाबारे दूतावासले नेपाल प्रहरीलाई जानकारी दिएको छ। प्रहरी स्रोतका अनुसार दूतावासले मृतकको शव आफैं व्यवस्थापन गर्ने पनि जनाएको छ।
घटनाबारे जानकारी लिन प्रहरी टोली दूतावास गए पनि दूतावास भित्र जान सकेको छैन।
कुनै पनि देशको राजदूतावास वा महावाणिज्यदूतावासभित्र उनीहरूकै देशको कानुन लागु हुन्छ।
मृतकको शव त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा राखिएको छ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे