२०८१ मंसिर ८, शनिबार
उपचारका लागि धुलिखेल अस्पताल काभ्रे पठाइका तीन जनाको मृत्यु भएसँगै दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या १२ पुगेको रामेछापका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक राजकुमार थिङले जानकारी दिनुभयो।
सुनापति गाउँपालिका बेथानबाट काठमाडौं जाँदै गरेको बा ३ ख ८३९६ नम्बरको बस खाँडादेवी गाउँपालिका–१ लुभुघाटमा दुर्घटना हुँदा ९ जनाको घटनास्थलमै मृत्यु भएको थियो।
मृतकमध्ये नौ जनाको सनाखत
दुर्घटनामा सुनापति गाउँपालिका वडा नम्बर ५ खनियापानीका ६० वर्षीय ठुला तामाङ, ३६ वर्षीय खड्कबहादुर बिक, २२ वर्षीया विपना तामाङ, ३६ वर्षीया सञ्जु तामाङको मृत्यु भएको रामेछापका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक राजकुमार थिङले जानकारी दिनुभयो।
त्यसैगरी सुनापतिगाउँपालिका वडा नम्बर ४ का २६ वर्षीया सम्रिता तामाङ, काभ्रेको पाँचखाल ८ का १८ वर्षीय सुदिप गजमेर, काभ्रे मन्डनदेउपुर नगरपालिका–९ का ६० वर्षीया सुभलक्ष्मी मानन्धर, काभ्रेका ४० वर्षीय कुलबहादुर बिक र काभ्रे रोशी गाउँपालिका–४ का कमल तामाङको सनाखत भएको हो। अन्य तीन जनाको धुलिखेल अस्पतालमा मृत्यु भएको छ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे