२०८२ बैशाख १०, बुधबार
बिग्रिएको ना ५ ख ९६७ नम्बरको बसको चक्का मुनी काम गरिरहेका सहचालक २१ को सुरज नेपालीको सोही बसले किच्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक नरहरि अधिकारीले जानकारी दिए।
आइतबार बिहान भरतपुर २५ मा बिग्रिएको बस मर्मतका लागि चालक सहचालक दुबैले प्रयास गरिरहेका थिए।
चालकले बस स्टार्ट गरी अगाडि बढाउँदा मर्मतको क्रममा बसमुनि काम गर्दै बसेका सहचालक घाइते भएका र उपचारको क्रममा उनको मृत्यु भएको हो ।
बिहान भएको उक्त घटनाका बसका चालक भरतपुर–२७ का राजकुमार गुरुङलाई प्रहरीले नियन्त्रण लिएर अनुसन्धान शुरु गरेको छ ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे