२०८१ माघ १८, शुक्रबार
ipo
प्रत्येक आवेदकलाई न्यूनतम १० कित्ता शेयर वितरण गर्ने हालको व्यवस्था अनुसार कम्पनीले पहिलो चरणमा १५ लाख ९३ हजार ७ सय ९६ जना योग्य आवेदकहरूमध्ये र १ लाख ८३ हजार ४७ जनाई १० कित्ताका दरले शेयर बाँडफाँट गरेको हो । यसरी बाँडफाँट गरी बाँकी रहेको २ कित्ता शेयर थप दुई जनाले एक एक कित्ताका दरले हात पारेका छन् । कम्पनीको आईपीओ बाँडफाँटमा बढी पाउनेले ११ कित्तासम्म शेयर पाएका छन् ।
विक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलका अनुसार कम्पनीको आईपिओ खरिदका लागि कुल १५ लाख ९५ हजार ५ सय ५४ जनाले आवेदन दिएका थिए । जसमध्ये १ हजार ७ सय ५८ जनाको आवेदन रद्द भएको छ । कम्पनीले असार १५ देखि असार १९ गतेसम्म सर्बसाधारणलाई आईपीओ निष्काशन गरेको थियो ।
कम्पनीले सर्वसाधारणलाई १९ लाख ६८ हजार २ सय ५० कित्ता शेयर वितरण गरेको छ । सार्वजनिक निष्कासनमा आएको बाहेक ९८ हजार ४ सय १३ कित्ता सामुहिक लगानी कोषको लागि बाँडफाँट गरिसकेको थियो भने ३९ हजार ३ सय ६५ कित्ता शेयर कम्पनीका कर्मचारीको लागि सुरक्षित गरेको छ । कम्पनीले सर्वसाधारणका लागि पहिलो चरणमा स्थानीयलाई आईपीओ विक्री गर्दा वितरण हुन नसकेको ६ लाख १८ हजार २ सय ५० कित्ता शेयर पनि थप गरेर वितरण गरेको हो ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे