२०८१ माघ १८, शुक्रबार
ipo
कम्पनीले सर्वसाधारणका लागि असार २० गतेदेखि २३ गतेसम्म १८ लाख २० हजार ४७५ कित्ता आईपीओ सार्वजनिक निष्कासन गरेको थियो । विक्री प्रबन्धकका अनुसार उक्त आईपीओ खरिदका लागि १४ लाख ४६ हजार ९८५ जनाले १ करोड ६१ लाख ८६ हजार ५ सय ५० कित्ताको लागि आवेदन दिएका थिए ।
जस मध्ये १ हजार ७ सय ९१ जनाको आवेदन रितपूर्वक नभएकाले रद्द गरिएको छ । रितपूर्वक आवेदन दिएका योग्य १४ लाख ४५ हजार १९४ जना आवेदकहरूलाई गोलाप्रथामा समावेश गराएर आईपीओ बाँडफाँड गरिएको हो ।
हालको बाँडफाँटको व्यवस्था अनुसार पहिलो चरणमा १ लाख ८२ हजार ४७ जनालाई १० कित्ता शेयर बाँडफाँट गरिएको छ । यसरी बाँडफाँट गरी बाँकी रहेको ५ कित्ता शेयर थप पाँच जनालाई एक एक कित्ताका दरले बाँडफाँट गरिएको छ । यसरी हेर्दा ५ जना आवेदकले ११ कित्तासम्म शेयर हात पारेका छन् । यस आईपीओमा आवेदन दिएका मध्ये १२ लाख ६४ हजार बढी आवेदक हात खाली भएको छ ।
सार्वजनिक निष्कासन मार्फत विक्री गरेको सहित कम्पनीले सर्वसाधारणमा रू. १९ करोड ५७ लाख ५० हजार बराबरको १९ लाख ५७ हजार ५०० कित्ता आईपीओ वितरण गर्न लागेको हो । कुल कित्तामध्ये कम्पनीले २ प्रतिशत अर्थात ३९ हजार १५० कित्ता कर्मचारीहरुका लागि सुरक्षित गरको छ भने ५ प्रतिशत अर्थात ९७ हजार ८७५ कित्ता सामूहिक लगानी कोषहरूमा बाँडफाँट गरेको छ ।
यस कम्पनीले सोलुखुम्बु जिल्लामा २३ दशमलव ५ मेगावाट क्षमताको सोलु जलविद्युत आयोजना निर्माण सम्पन्न गरी व्यापारिक उत्पादन गरिरहेको छ । उक्त आयोजनाबाट उत्पादित विद्युत २०७८ साल फागुन ७ गतेदेखि राष्ट्रिय प्रशारण प्रणाली मार्फत पूर्ण रुपमा विक्री भैरहेको हो ।
हाल कम्पनीमा संस्थापकतर्फ चुक्ताभएको ७५ दशमलव ५ प्रतिशत शेयरपूँजी रू. १ अर्ब १ करोड ९२ लाख ५० हजार छ । आयोजना प्रभावित स्थानीयमा १० प्रतिशत शेयर विक्री गरिसकेको कम्पनीले सर्वसाधारणमा १४ दशमलव ५ प्रतिशत शेयर विक्री पश्चात चुक्तापूँजी रू. १ अर्ब ३५ करोड पुगेको छ ।
यस कम्पनीको आर्थिक वर्ष ०७७÷७७ सम्म सञ्चित नाफा रू. ८ करोड ३६ लाखभन्दा बढी रहेको छ । सो अवधिसम्म कम्पनीको प्रतिशेयर आम्दानी रू. ४ दशमलव २१ र प्रतिशेयर नेटवर्थ रू. १०८ दशमलव २१ छ । कम्पनीको आईपीओले धितोपत्र दोस्रो बजारमा पहिलो कारोबारका लागि वास्तविक प्रतिशेयर नेटवर्थदेखि त्यसको तीनगुणासम्मको मूल्य रेञ्ज पाउनेछ ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे