२०८२ बैशाख १०, बुधबार
सातदोबाटोस्थित एन्फा मुख्यालयमा हुने बैठक बिहान ७ बजेलाई डाकिएको छ ।
गत सोमबार बैठक बोलाइए पनि अन्तिम समयमा अध्यक्ष नेम्बाङ अस्वस्थ भएपछि स्थगित भएको थियो ।
बैठकमा विविध सहित १२ बुँदामा एजेन्डा राखिएको छ । जसमा विवादित नेपाल सुपर लिग (एनएसएल) देखि विभिन्न पदाधिकारी नियुक्ति, नेपालमा हुने महिला साफ च्याम्पियनसिप मुख्य एजेन्डा रहेको छ ।
पछिलो समय पदाधिकारी नियुक्तिमा भने निकै पेचिलो बनेको छ । कर्मा छिरिङ शेर्पालाई पराजित गर्दै एन्फा हाक्न आएका पंकज आज निकै दवावमा पर्न सक्छन् ।
तीन समूहलाई समेट्दै गर्ने नियुक्तिनै कठिन रहेको छ । सिइओ, प्रवक्ता, तीन सहमहासचिब, मानार्थ अध्यक्ष सहित विभिन्न पदमा आज नियुक्ति हुँदैछ ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे