२०८१ मंसिर ७, शुक्रबार
यसअघि उद्याेग र मजदुरबीच भएको सहमतिअनुसार तलब, सुरक्षा र सम्पूर्ण सुविधा नदिएपछि मजदुरहरू आन्दोलन गर्न बाध्य भएको मजदुर मोहित महराले बताएका छन् ।
उनका अनुसार मजदुरहरू गत मंसिरमा १२ बुँदे माग राख्दै आन्दोलन गरेपछि उद्योगको व्यवस्थापन पक्ष र मजदुरबीच सहमति भएको थियो ।तर उद्याेगले सहमतिविपरीत कर्मचारी हटाउने, सेवा सुविधा नदिने लगायतका क्रियाकलाप देखाउन थालेपछि मजदुरहरु पुनः आन्दोलनमा उत्रिएका छन् ।
माग पूरा गर्न उद्योगको आन्तरिक मेमो
मजदुरको आन्दोलनपछि उद्योगको प्रशासन शाखाले गत ६ मंसिरमा ९ बुँदे आन्तरीक मेमो जारी गरेको थियो । जसमा श्रमिकको न्यूतम पारिश्रमिक, ८ घण्टाभन्दा वढी काम गरेकालाई नियमानुसार रकम भुक्तानी गरिने, ८ घण्टा काम गर्दा आधा घण्टा र १२ घण्टाबढी काम गर्दा १ घण्टा अनिवार्य विश्राम दिनुपर्ने, कामदारको कामको प्रकृति हेरी औषधि उपचार, दुर्घटना बिमा, सामाजिक सुरक्षा कोषको सुविधा, सुरक्षा साधन, साप्ताहिक विदा, शाैचालय र विश्राम स्थल निर्माण, पिउने पानीको व्यवस्था, प्राथमिक उपचारको निम्ति एम्बुलेन्स, उद्योग परिसरभित्र वातावरण स्वच्छ राख्न हरियाली अभियानको रुपमा वृक्षारोपण कार्य अघि बढाउन र ट्यांकरले सडकमा पानी छर्किने काम गर्नुपर्ने सम्झौतामा उल्लेख गरिएको छ । तर, उद्योगका जेनरल म्यानेजर जीवन नेपालले मजदुरहरूसँग कुनै पनि समझौता नरहेको जिकिर गरे ।
यसअघि मजदुरले १२ बुँदे माग राख्दै आन्दोलनमा उत्रिएपछि प्रशासन प्रमुख नेपालले उद्योगको आन्तरिक विषय भएकोले छलफल गरी टुंगोमा पुग्नुपर्ने बताएका थिए । उद्योगले आन्तरिक मेमो पनि जारी गरिसकेको अवस्थामा आधारभूत माग पूरा हुन नसक्नुले आफूहरु असुरक्षित भएको आन्दोलनरत पक्षको भनाइ छ ।
मजदुरहरूको आन्दोलनले उद्योगको कामकाज ठप्प भएको छ । उक्त उद्योगमा १५० जना नेपाली र २५० जना भारतीय कामदार कार्यरत छन् । न्यूज कारखानाबाट
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे