२०८१ मंसिर १९, बुधबार
दोलखा, रामेछाप, सिन्धुपाल्चोक, काठमाडौं, ललितपुर, मकवानपुर, धादिङ, लमजुङ, रुकुम पश्चिम, जाजरकोट, दैलेख, कालिकोट, कैलाली, अछाम, डोटी, डडेल्धुरा, बैतडी र दार्चुलामा बाढीको खतरा रहेको छ ।
वर्षाका कारण ती जिल्लामा बहने केही स–साना नदीहरुमा बहाब बढ्ने र केहीमा आकस्मिक बहाब समेत हुन सक्ने पूर्वानुमान महाशाखाले गरेको छ । बहाब बढ्ने जिल्लाको तटीय क्षेत्रमा रहने सर्वसाधरणलाई सतर्कता अपनाउन महाशाखाले भनेको छ ।
शनिबार प्रदेश १, मधेश प्रदेशको तराई भू–भाग र बागमती प्रदेश, सुदूरपश्चिम प्रदेशको पहाडी भू–भाग भई बहने स–साना नदीहरुमा बहाब बढ्ने पूर्वानुमान महाशाखाको छ ।
यस्तै, आइतबार प्रदेश १ को पहाडी भू–भाग, सुदूरपश्चिम प्रदेशको तराई भू–भाग भई बहने केही स–साना नदीहरुमा बाढी आउने पूर्वानुमान छ ।
आगामी तीन दिनसम्म प्रमुख नदीहरु कोशी, नारायणी, कर्णाली, महाकाली, कन्काई, कमला, बागमती, पश्चिम राप्ती, बबई र यसका सहायक नदीहरुको बहाब सामान्य बढ्ने तथा सतर्कता तहभन्दा तलै रहने महाशाखाले जनाएको छ ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे