२०८१ माघ १७, बिहिबार
पक्राउ पर्नेमा नवलपुरको साबिक देउराली गाविस-४ घर भई हाल नवलपुरको हुप्सेकोट गाउँपालिका-३ गिरुवारी बस्ने २६ वर्षीय प्रदीप भन्ने पूर्णचन्द्र भुसाल छन् ।
प्रहरी कार्यालय नवलपुरको सहयोगमा व्यूरोबाट खटेको प्रहरीको टोलीले साउन ९ गते कावसोती नवलपुरबाट भुसाललाई पक्राउ गरेको हो ।भुसालले बाटोमा हिँडिरहेकी एक महिलासँग भएको पैसा, मोबाइल, गहना नदिएमा एसिड हान्दिन्छु भन्दै अमानवीय व्यवहार गरेका थिए । भुसाल ‘बदमास केटा नामक यू ट्यूव च्यानल’ का सञ्चालक हुन् ।
भुसालले बाटोमा हिडिरहेकी एक महिलालाई “साथमा भएको पैसा, मोबाइल र गहना दिनुस् नदिएमा एसिड हान्दिन्छु” भनेको प्रहरी प्रधान कार्यालय साइबर ब्यूरोद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
एसिड जस्तो अति सम्वेदनसिल पदार्थ प्रयोग गर्छु भन्दै समाजमा नकारात्मक सन्देश फैलाउने खालको भिडियो बनाएर अपलोड गरेको आरोपमा प्रहरीले भुसाललाई पक्राउ गरेको हो । भुसालमाथि विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसूरमा मुद्दा दर्ता भएको छ ।
प्रहरीले जिल्ला अदालत काठमाडौँबाट मंगलबार सात दिनको म्याद थप लिई आवश्यक अनुसन्धान गरिरहेको प्रहरी प्रवक्ता तथा सूचना अधिकारी (उप–निर्देशक) पशुपतिकुमार रायद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे