२०८१ मंसिर ७, शुक्रबार
जोशीका छोरा २२ वर्षीय लोकराजले बिहान ६ बजे बञ्चरो प्रहार गरी हत्या गरेका हुन् । बिहान घरमै ठेकी सफा गरिरहेका अन्तरामलाई लोकराजले बञ्चरो प्रहार गरेको डिलाशैनी गाउँपालिका–५ का वडाध्यक्ष तथा गाउँपालिकाका प्रवक्ता यज्ञराज भट्टले जानकारी दिए।
उनले भने, “मानसिक अवस्था ठिक नभएका लोकराजले बञ्चरो प्रहार गरेका हुन् । टाउकोमै चोट लागेका अन्तरामको घटनास्थलमै मृत्यु भएको छ ।”
बञ्चरो प्रहार गर्ने लोकराजलाई नियन्त्रणमा लिइएको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिए । अनुसन्धान गर्न इलाका प्रहरी कार्यालय पाटनबाट प्रहरी निरीक्षक कमल चौधरी नेतृत्वको टोली घटनास्थल पुगेको छ ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे