२०८१ मंसिर ७, शुक्रबार
विक्री प्रबन्धकका अनुसार कम्पनीको आईपीओ खरीदका लागि कुल १५ लाख ४७ हजार ९४९ जनाको आवेदन परेको थियो । यी आवेदकहरूबाट कुल १ करोड ६९ लाख १६ हजार ८८० कित्ताको शेयर खरीद माग भएको विक्री प्रबन्धकले जानकारी दिएको हो ।
कुल आवेदकहरूमध्ये १ हजार ६६५ जनाको आवेदन रितपूर्वक नभएकाले रद्द गरिएको छ । योग्य १५ लाख ४६ हजार २८४ जना आवेदकहरूलाई गोलाप्रथाको माध्यमबाट आईपीओ बाँडफाँट सहभागी गराईएको हो । योग्य आवेदकहरूमध्य १ लाख ९ हजार ३७४ जनाले शेयर प्राप्त गरेका छन् ।
यी मध्य भाग्यमानी ९ जनाले ११ कित्ता शेयर प्राप्त गरेको जानकारी विक्री प्रबन्धकले दिएको हो । कम्पनीले सार्वजनिक निष्कासनमार्फत विक्री गरेको कुल कित्ता शेयर पहिलो चरणमा न्यूनतम १० कित्ताका दरले बाँडफाँट गरी बाकी रहेको ९ कित्ता शेयर थप ९ जनालाई एक एक कित्ताका दरले पुनः बाँडफाँट गरेको हो । आर्थिक न्यूजबाट
थप समाचार:
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे