२०८१ मंसिर ७, शुक्रबार
विक्री प्रबन्धकका अनुसार सार्वजनिक निष्कासनमा आएको आईपिओ खरीदका लागि १४ लाख १३ हजार ५ सय ७२ जनाले आवेदन दिएका थिए । जस मध्ये ८७३ जनाको आवेदन रितपूर्वक नभएकाले रद्द गरिएको छ । स्थानीयको हैसियतले यस अघिनै शेयर पाएका २३१ जनाको आवेदन पनि अस्वीकृत गरेको विक्री प्रबन्धकले जानकारी दिएको छ ।
यी वाहेक योग्य १४ लाख १२ हजार ४६८ जना आवेदकहरूलाई गोलाप्रथाको माध्यमबाट गरिएको बाँडफाँटमा सहभागी गराईएको हो । गोलाप्रथाबाट ६७ हजार ५८ जनाले मात्र शेयर पाएका छन् । शेयर पाउने आवेदकहरूमध्ये ६ जना भाग्यमानीले ११ कित्ता शेयर पाएका छन् भने बाँकीले १० कित्ताको दरले शेयर हात पारेका छन् । कम्पनीको आईपीओ खरीदका लागि आवेदन दिने १३ लाख ४६ हजार ५१४ जना आवेदकको हात भने खाली भएको छ ।
सम्बन्धित समाचार:
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे