२०८१ माघ १८, शुक्रबार
ipo
नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालले आइतबार बसेको सञ्चालक समितिको बैठकमा सीआस्बा शुल्क अधिकतम ५ रुपैयाँ मात्रै लिन पाउनेगरी व्यवस्था गर्नेबारे छलफल भएको जानकारी दिए ।
नेपाल स्टक एक्स्चेन्जले राजधानीमा आयोजना गरेको डेरिभेटिभ्स बजारको सम्भावना र चुनौती विषयक छलफल कार्यक्रममा हमालले यसबारे जानकारी दिएका हुन् ।
हाल बैंक तथा वित्तीय संस्थाहरुले आईपीओ भरेबापत ग्राहकसँग धेरैजसोले १० देखि २० र २५ रुपैयाँ शुल्क लिने गरेका छन् ।केहीले नि:शुल्क गरेका छन् । थोरै संख्याको आईपीओ जारी हुने गरेकाले आईपीओ नै नपर्ने तर शुल्क महँगो भएको गुनासो लगानीकर्ताले गर्दै आएका थिए । हाल २० लाखभन्दा धेरैले आईपीओ भर्ने गरेका छन् ।
पुँजी बजारको विकासका लागि आफू निरन्तर लागिरहेको बताउँदै हमालले डेरिभेटिभ्स बजारको विकासका लागि निकै चनाखोपूर्वक काम गर्नुपर्ने आवश्यकता औंल्याए । १० वटा प्राइभेट इक्वीटी फण्ड र भेन्चर क्यापिटललाई संभवत: भदौभित्रै स्वीकृति दिइने उनले बताए । ईकान्तिपुरबाट साभार
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे