२०८१ मंसिर ७, शुक्रबार
सर्वसाधारणमा वितरण हुने कुल ३ लाख ९३ हजार ७५० कित्ता आईपीओमध्ये जारी पूँजीको शून्य दशमलव ५ प्रतिशत अर्थात ५ हजार ४७० कित्ता कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात १९ हजार ६९० कित्ता सामूहिक लगानी कोषहरुलाई सुरक्षित गरिएको छ । यी बाहेक बाँकी ३ लाख ६८ हजार ५९० कित्ता शेयर भने सार्वजनिक निष्कासन मार्फत विक्री गर्न लागिएको हो ।
यो आइपीओ छिटोमा भदौ १९ गतेसम्म विक्रीमा रहनेछ भने सो अवधिसम्म माग बमोजिम आवेदन नपरेमो ढिलोमा भदौ २९ गतेसम्म विक्री अवधि लम्बिनेछ । तर, पछिल्लो समय सर्वसाधारणमा आईपीओ जारी हुँदा पहिलो दिनमै मागभन्दा बढी आवेदन पर्दै आएकाले यो कम्पनीको आईपीओ पनि छिटो अवधिसम्म मात्र विक्रीमा रहने निश्चित छ ।
लगानीकर्ताले न्यूनतम १० कित्तादेखि १ हजार कित्तासम्मका उल्लेखित कित्ता आईपीओ खरीदका लागि आवेदन दिन सक्नेछन् । आईपीओ निष्काशन तथा बिक्री प्रवन्धकमा सनराइज क्यापिटल लिमिटेड रहेको छ । विक्री प्रबन्धकसँगै लगानीकर्ताहरूले सी–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र मेरोशेयर वेबसाइट तथा एप मार्फत समेत आवेदन दिन सक्ने व्यवस्था छ ।
आईपीओ निष्काशनका लागि गराएको क्रेडिट रेटिङ्गमा केयर रेटिङ्गस नेपालले समयमै वित्तीय दायित्व पुरा गर्न सक्ने सम्बन्धमा मध्यम जोखिम रहेको संकेत गर्ने केयरएनपी डबल बी माइनस इस्यूअर रेटिङ्ग रेटिङ्ग प्रदान गरेको छ । हाल कम्पनीको चुक्तापूँजी रू. ७ करोड रहेको छ । सर्वसाधारणमा आईपीओ बाँडफाँटपश्चात कम्पनीको चुक्तापूँजी रू. १० करोड ९२ लाख ७५ हजार कायम हुनेछ ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे