२०८१ माघ १८, शुक्रबार
ipo
क्यापिटलका अनुसार कम्पनीको आईपिओ खरीदका लागि कुल १८ लाख ६५ हजार ९ सय २६ जना आवेदकबाट २ करोड ४ लाख ७५ हजार ९ सय ८० कित्ताको लागि आवेदन परेको थियो ।
जस मध्ये १२ सय ८६ जनाको आवेदन रितपूर्वक नभएकाले रद्द गरिएको छ । रितपूर्वक आवेदन दिने १८ लाख ६४ हजार ६ सय ४० जना आवेदकलाई बाँडफाँटमा सहभागी गराईएको क्यापिटलको भनाई छ । मागभन्दा बढी आवेदन परेकाले गोलाप्रथाको माध्यमबाट कम्पनीको आईपीओ बाँडफाँट गरिएको हो ।
गोलाप्रथाको माध्यमबाट शेयर बाँडफाँट गर्दा योग्य आवेदकहरूमध्ये पनि ३० हजार ९ सय २९ जना आवेदकले मात्र शेयर पाएका छन् । पहिलो चरणमा न्यूनतम १० कित्ताका दरले यी आवेदकहरूमा शेयर बाँडफाँट गरी बाकी रहेको ५ कित्ता शेयर पुनः एक कित्ताका दरले बाँडफाँट गर्दा यी आवेदकहरूमध्यबाट ५ जनाले ११ कित्तासम्म शेयर प्राप्त गर्न सफल भएका हुन ।
कम्पनीको आईपीओ खरिदका लागि आवेदन दिएका मध्ये १८ लाख ६४ हजार १८३ जना आवेदक हात खाली भएको छ । कम्पनीले साउन २४ गतेदेखि २९ गतेसम्म सर्वसाधारणका लागि आईपीओ विक्री गरेको थियो । सर्वसाधारणमा कुल ३ लाख ३१ हजार कित्ता आईपीओ सर्वसाधारणमा वितरण गरेको हो ।
कम्पनीले कुल ३ लाख ३१ हजार कित्ता शेयरमध्ये शून्य दशमलव ५ प्रतिशत अर्थात् ५ हजार १५५ कित्ता कर्मचारीहरूका लागि र ५ प्रतिशत अर्थात् १६ हजार ५५० कित्ता सामूहिक लगानी कोषहरूलाई सुरक्षित गरेको छ । बाँकी रहेको ३ लाख ९ हजार २९५ कित्ता शेयर सार्वजनिक निष्कासन मार्फत विक्री गरी बाँडफाँट गरेको हो । आर्थिक न्यूजबाट
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे