२०८१ बैशाख १४, शुक्रबार
काठमाडौं। राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा आजै सार्वजनिक गर्ने अन्तिम तयारी गरे पनि नहुने भएको छ । परीक्षाको नतिजा सार्वजनिक गर्न आज दिउँसो ३ः३० बजेलाई परीक्षा बोर्डको बैठक बोलाइए पनि बैठक स्थगित भएको छ ।
बोर्डका प्रशासन महाशाखा प्रमुख जङ्गबहादुर अर्यालले भन्नुभयो, ‘‘परीक्षा बोर्डको बैठक नबस्ने भयो र अर्को बैठक बस्ने मिति र समय पनि टुङ्गो लागिसकेको छैन ।’’
बोर्डले आजै मात्र मोबाइलमार्फत नतिजा हेर्न भनेर सूचना प्रवाह गरेकाे थियो ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे