२०८१ मंसिर ७, शुक्रबार
राष्ट्रिय परीक्षा बोर्डले शुक्रबार कक्षा १२ को नतिजा सार्वजनिक गरेको हो । सार्वजनिक नतिजाअनुसार १ लाख ८८ हजार ४ सय १० जना परीक्षाको नतिजा ननग्रेडिङमा परेका छन् ।
जसअनुसार ५७ हजार ५ सय ३२ विद्यार्थीले ग्रेड वृद्धि परीक्षासमेत दिन नपाउने भएका छन् भने उनीहरूले उच्च शिक्षा अध्ययन गर्न पाउने छैनन् । त्यस्ता परीक्षार्थीले अर्को वर्षको परीक्षामा सामेल हुन पाउनेछन् ।
ननग्रेडिङमा परेका विद्यार्थी उच्च शिक्षा अध्ययन गर्न अयोग्य मानिने व्यवस्था छ । नियम अनुसार दुई विषयसम्म ग्रेड वृद्धि गर्न पाइनेछ । बोर्डका अनुसार १ लाख ३० हजार ८ सय ७८ जनाले ग्रेड वृद्धि दिन पाउनेछन् ।
बोर्डले यसवर्ष नियमिततर्फ ३.६१ देखि ४ जीपीए ४ हजार १ सय ७९ जनाले ल्याएको जनाएको छ । यस्तै, ३.२१ देखि ३.६० जीपीए ल्याउने ३० हजार १ सय ७ जना, २.८१ देखि ३.२० आउने ६५ हजार २ सय ८४ जना, २.४० देखि २.८० आउने ६४ हजार ९३ जना, २.१ देखि २.४० जीपीए आउने १० हजार ९ सय र १.६१ देखि २ जीपए आउने ३५ जना छन् ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे