२०८१ मंसिर ९, आईतबार
प्रतियोगितामा प्रथम हुनेले नगद १ लाख ११ हजार १ सय १ १ सहित ट्रफी, मेडल र प्रमाण पत्र पाउने छन् भने दोश्रोले ५५ हजार ५ सय ५५ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउने आयोजक मदन भण्डारी स्पोर्टस एकेडेमीका अध्यक्ष नरेश थापाले जानकारी दिनुभयो ।
त्यस्तै बेष्ट गोलकिपर,सर्वोत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ताका लागि जनही ५ हजार रुपैयाँको साथमा ट्रफी, मेडल र प्रमाण प्रदान गरिने उहाँले बताउनुभयो ।
प्रतियोगितामा नवलपुर, तनहुँ, मकबानपुर, नवलपरासी, चितवन, र काठमाण्डौँ लगायत ३२ वटा समुहले प्रतिष्पर्धा गर्ने खेलकुद संयोजक विनोद कंडेलले जानकारी गराउनुभयो । साथै आजसम्म २६ वा समूहले नाम दर्ता गरिसकेकाो उहाँले बताउनुभयो।
पत्रकार सम्मेलनमा एम्स एबरोड एजुकेशनका प्रवन्ध निर्देशक कृष्ण कंडेल, सेन्टल कलेजका प्रिन्सीपल यज्ञविलास पौडेल, नमुना कलेजका प्राचार्य गोपेन्द्र केशरी न्यौपाने मदन भण्डारी स्पोर्टस एकेडेमीका सल्लाहकारहरु गिरीराज उपाध्याय, मदनभण्डारी स्पोर्टस एकेडेमीका सदस्य अर्जुन पराजुली, वडा नं.६ का अध्यक्ष सुवास चापागाई, नवराज कंडेल, लगायतको सहभागिता रहेको थियो ।
मदन भण्डारी स्पोर्टस एकेडेमी गैँडाकोटले आयोजना गर्न लागेको यो पहिलो फुटवल प्रतियोगिता रहेको आयोजकले जानकारी गराएको छ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे