२०८१ मंसिर ६, बिहिबार
असोज १२ गतेदेखि रुरुक्षेत्र गाउँपालिकाको खेल मैदान घ्यूबेसीमा उक्त प्रतियोगिता हुन लागेको खेल संयोजक केशव पौडेलले नवलपुर अनलाइनलाई बताए।
जिल्ला स्तरीय क्रिकेट प्रतियोगिताको प्रथम पुरस्कार नगद रु. ५५ हजार पाँचसय ५५ कप मेडल र प्रमाणपत्र, द्वितिय पुरस्कार नगद रु. २२ हजार दुईसय २२ कप मेडल र प्रमाणपत्र र म्यान अफ द टुर्नामेन्ट नगद रु ५ हजार कप र प्रमाणपत्र राखिएको आयोजकले जनाएको छ।
बेस्ट बलर/ बेष्ट ब्याटमेनले नगद रु २ हजार पाँचसय कप र प्रमाणपत्र प्राप्त गर्नेछन्। टीम दर्ताको लागि दर्ता शुल्क रु. ३ हजार ३ सय ३३ लाग्नेछ।
खेल टीसीसि को नियमअनुसार एलबीडब्लू बाहेक खेल डेनाइट टेनिस बलले हुने र १२/१२ ओभरको हुनेछ। फाइनल खेल १५/१५ ओभरको हुने छ।
खेलमा विवाद भएमा आयोजकको निर्णय नै अन्तिम हुने रूरू क्षेत्र युवा क्लवले बताएको छ। टिम दर्ता असोज १२ गते साँझ ५ बजे भित्र गर्नुपर्ने र Pre Online registration का लागि ईसेवा नम्बर 9867308219 तथा खेल संयोजकः केशव पौडेल- ९८५०२०८२१९, बिमल भण्डारी ९८०३९९०१४७ राजन खड्का ९८६७९३१३४०, सन्दिप केसी ९८६१९३४२३४ लाई समेत सम्पर्क गर्न आयोजकले आग्रह गरेको छ।
नेपालीहरुको महान पर्व बडादशैँको उपलक्ष्यमा सम्पुर्ण खेलप्रेमी युवाहरुलाई लक्षित गर्दै प्रतियोगिताको आयोजना गरिएको खेल संयोजक केशव पौडेलले बताए।
उक्त प्रतियोगितामा गुल्मी जिल्लाका खेलाडीहरू मात्र उपस्थित हुन पाउने हुँदा खेल थप रोचक र प्रतिस्पर्धी हुने बिमल भण्डारीले नवलपुर अनलाइनलाई बताए। Follow: twitter.com/nawalpuronline
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे