२०८१ मंसिर ७, शुक्रबार
आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि नवलपुरमा म्यादी प्रहरीमा २ हजार १ सय ५७ जनाले आवेदन दिएको जिल्ला प्रहरी कार्यालय नवलपुरका सूचना अधिकारी सन्तोष पाठकले बताउनुभयो। आवेदन दिनेमा अधिकांश २० देखि २५ वर्षका युवाहरू रहेका छन्।
बिहीबार ७ गतेसम्म २ हजार १ सय ५७ जनाले आवेदन दिएका हुन्। आवेदन दिनेहरूमा १ हजार ५ सय ४४ पुरुष र ६ सय १३ जना महिला रहेका छन्। जसमध्ये म्यादी प्रहरीका लागि आवेदन दिनेमा ५ सय ७४ जना पुर्व म्यादी प्रहरी र २३ जना पुर्व सुरक्षाकर्मी समेत रहेको पाठकले बताउनुभयो।
म्यादी प्रहरीमा आवेदन दिएकाहरुको भाद्र ९ गते देखि छनौट प्रक्रिया सुरु हुने छ।
सम्बन्धित समाचार:
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे