२०८१ चैत्र २७, बुधबार
२ : १२ : १५
गैँडाकोट नगरपालिकाको वडा ५ स्थित जनक नमुना माविको पछाडि पट्टि रहेको खुल्ला मैदानमा उक्त मेला आयोजना गरिएको हो ।
प्रभात समाज कल्याण केन्द्र नेपाल गैँडाकोट ५ ले आयोजना गरेको “गैँडाकोट दशैँ रमाइलो मेला २०७९” को आज एक कार्यक्रमका बिच गैँडाकोट नगरपालिकाका नगरप्रमुख मदनभक्त अधिकारीले उद्घाटन गर्नुभएको हो।
मेलामा चाडपर्व लक्षित ५० भन्दा बढि स्टलहर रहेका छन् ।
अन्य स्थानको तुलनामा भन्दा यस मेलामा सुपथ मुल्यमा सामानहरु खरिद गर्न सक्ने आयोजक प्रभात समाज कल्याण केन्द्र नेपालका अध्यक्ष कुल बहादुर थापा मगर (बुद्धी) ले जानकारी दिनुभयो ।
मेलामा खाना तथा कृषि उत्पादनसँग जोडिएका ब्यवसायीक स्टलहरुसमेत राखिएको छ ।
“गैँडाकोट दशै रमाइलो मेला २०७९” मा हरेक दिन राष्टिय तथा स्थानीय ख्यातिप्राप्त कलाकारहरुले मनोरञ्जन दिनेछन् ।
कलाकारहरु प्रमोद खरेल, भिटेन, क्षवाङ लामा, ज्योती मगर, मिलन नेवार, प्रकास सपुत, प्रिती आले, पुस्कल शर्मा , अस्मिता अधिकारी, निशान भट्टराई लगायतका कलाकारहरु गैँडाकोट दशैँ रमाइलो मेलामा आउने कार्यक्रम तय भएको छ। आज उद्घाटनको दिन चर्चित कलाकार एलिना चौहानको प्रस्तुती रहने आयोजक प्रभात समाज कल्याण केन्द्र नेपालले जनाएको छ ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
news.nawalpuronline@gmail.com
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे