२०८१ मंसिर ७, शुक्रबार
स्थानीय युवक हेमराज शाहीको मलामी गएका उनीहरूलाई माथिबाट पहिरोले बगाएको भन्ने स्थानीयले खबर गरेपछि प्रहरी त्यसतर्फ लागेको कालिकोट प्रहरी प्रमुख डिएसपी जयश्वर रिमालले केटिएम दैनिकलाई बताए ।
हिजो दिउँसो १ बजे आसपासमा घटना भएको भएतापनि प्रहरीकोमा आज बिहान मात्र स्थानीयले खबर गरेका थिए ।
उनका अनुसार उक्त स्थान सदरमुकामबाट ४२ किलोमिटर टाढा पर्दछ । सडकका विभिन्न स्थानमा पहिलो गएको कारण मोटरसाइकल समेत उक्त स्थानमा पुग्न सक्ने अवस्था छैन ।
त्यस ठाउँमा दुबैतिरबाट पहिरो गएको हुनाले नजिकै रहेको प्रहरी कार्यालयबाट खटिएका प्रहरीहरू पनि घटनास्थलमा पुग्न नसकेको डिएसपी रिमालले बताए ।
सञ्चार नेटवर्कले काम नगर्ने भएको हुनाले अर्को स्थानमा आइपुगेर खबर गर्नुपर्ने अवस्था छ । सञ्चार सम्पर्क नभएको कारण थप विवरण प्राप्त हुन सकेको छैन ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे