२०८१ मंसिर ७, शुक्रबार
हाम्रो नेपाली पार्टीबाट लौरो चुनाव चिन्ह सहित उनले उम्मेदवारी दिएका हुन्।
काभ्रे जिल्लाको भकुण्डेबेसीमा जन्मिएका तिमल्सिना पछिल्लो २५ वर्ष देखी काठमाडौंलाई कर्मथलोको रूपमा आफूलाई उभ्याएका छन्।
२०५६ साल देखी विभिन्न गुरु द्वारा नृत्य, अभिनय, मोडलिङ्ग, मार्सल, आर्ट, कलाकारिता सिक्दै चलचित्र उद्योगमा प्रवेश गरेका उनी दुई दशकमा सयौँ म्युजिक भिडियो, दर्जनौ टेलिफिल्म,२० भन्दा बढि ठुलो पर्दाको चलचित्रहरुमा मुख्य अभिनेता (नायक) को भुमिकामा अभिनय समेत गरेको नवलपुर अनलाइनलाई बताए।
२०५७ साल देखी आध्यात्मिक साधना, स्वाध्यन, योग, ध्यान गर्दै आइरहेको तिमल्सिना आफैले ठुलो पर्दाको चलचित्र समेत निर्माण गरेका छन्। जसमा-संघर्ष, भाइकोमाया, फैसला, सिलसिला, झोला, भोर आदी फिल्महरू रहेका छन्।
अन्तर्राष्ट्रिय स्तरमा चर्चित ऐतिहासिक सती प्रथाको कुरितीमा आधारित सामाजिक चलचित्र ” झोला”, मा सहायक निर्देश र एक निर्माता रुपमा उनको भूमिका रहेको थियो।
आगामी मंसिर ४ गते हुन गईरहेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा देशमा भएको फोहोरी राजनीति, अन्याय, अत्याचार, अनियमितता, भ्रस्टाचार हटाएर देशमा सत्य, धर्म, न्याय, नीतिको व्यवस्था लागू गराउन मेरो उम्मेदवारी रहेको नवलपुर अनलाइनसँगको कुराकानीमा तिमल्सिनाले बताए।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे