२०८१ मंसिर ७, शुक्रबार
राजनीतिक दलका उम्मेदवारहरु तथा स्वतन्त्र उम्मेदवारहरुले चुनाव प्रचारप्रसारको कार्यक्रम सुरु गरेसँगैआयोगले निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्न आग्रह गरेको हो ।
आइतबार निर्वाचन आयोगका आयुक्त रामप्रसाद भण्डारीले आचारसंहिता अनुसार निर्वाचन हुने दिनभन्दा १७ दिन अगाडीदेखि मात्रै प्रचारप्रसारगर्न पाइने बताउनुभयो ।
सो अनुरुप कार्तिक १८ गतेदेखि मात्रै प्रचारप्रसार गर्न पाइने भन्दै उहाँले त्यस अगाडी प्रचारप्रसारको काम गरेमा आचारसंहिता विपरित हुने र कारबाहीको भागिदार हुने स्पष्ट पार्नुभयो ।
आयुक्त भण्डारीले उम्मेदवारहरुले घरदैलो कार्यक्रम भनेगर्न पाउने जानकारी दिनुभयो । तर घरदैलो कार्यक्रममा २५ जनाभन्दा बढी सहभागि हुननपाउने उहाँले उल्लेख गर्नुभयो ।
घरदैलोमा तामझाम र बाजागाजा गर्नु पनि आचारसंहिता विपरित हुने उहाँको भनाई छ । घरदैलोमा बाजागाजा र तामझाम गरिरहेकोउजुरी आयोगमा परेको भन्दै उहाँले त्यसउपर छानविन गरिरहेको र दोषी देखिएमाकारबाही गरिने उहाँले बताउनुभयो । आयुक्त भण्डारीले सबै उम्मेदवारहरुलाईआचारसंहिता अध्ययन गर्न सुझाव दिनुभयो । आचारसंहिताको परिधिभित्र बसेरकानूनी सजाय नपाउनेगरी घरदैलो गर्न उहाँले उम्मेदवारहरुलाई अपील गर्नुभयो । न्यूज एजेन्सी नेपालबाट
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे