२०८१ मंसिर ९, आईतबार
नेत्रदानको महत्व र मृत्यु पश्चात हाम्रो आँखालाई कसरी भविष्यमा अन्य व्यक्तिहरूमा प्रयोग गर्न सकिन्छ भन्ने बिषयमा आम नागरिकहरूमा चेतनाको बिकास गर्न उक्त कार्यक्रमको आयोजना गरिएको गैंडाकोट जेसीज २०२२ का अध्यक्ष शंकर अधिकारीले नवलपुर अनलाइनलाई बताउनुभयो।
कस्तो व्यक्तिले आँखा दान गर्न सक्ने, कस्तो व्यक्तिलाई उक्त आँखा प्रत्यारोपण गरिन्छ र कसरी प्रयोग हुन्छ भन्ने सम्बन्धमा भरतपुर आँखा अस्पतालको प्राविधिक टीमले सहयोग गर्नेछ।
अस्पतालको प्राविधिक टीमले नेत्रदान गर्न ईच्छुकहरूको लागि कार्यक्रममै फारम भर्ने समेत व्यवस्था गरेको छ। गैंडाकोट ५ सहमतीको सभाहलमा आज दिउसो ३ बजेदेखि कार्यक्रम हुने छ।
गैंडाकोट जेसीजले पछिल्लो समय बृक्षारोपण, घरको बास्तुशास्त्र कस्तो हुनुपर्छ लगायत रक्तदान र मैत्रीपूर्ण खेलकुद लगायत बिभिन्न जनचेतनामूलक कार्यक्रमहरू संचालन गर्दै आएको छ।
गैंडाकोट जेसीजले नेत्रदान सम्बन्धी जिल्लामै पहिलो कार्यक्रम गर्न लागेको अधिकारीले बताउनुभयो।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे