२०८१ चैत्र २९, शुक्रबार
मंगलबार फिल्मको निर्माण युनिटले एक पोष्टरसहित फिल्म रिलिज गर्ने मिति सार्बजनिक गरेको थियो।
‘छड्के २’ अनमोल ग्याङस्टारको भूमिकामा देखिन लागेको फिल्म हो । पोष्टरमा पनि उनी लामो कपाल र कालो चस्मामा बाइक चलाउँदै देखिएका छन् भने उनको पछाडि ग्याङस्टार हुलियामा केही केटाहरू बाइकमा सवार छन् ।
ग्याङस्टारको कथामा बनेको फिल्म निगम श्रेष्ठले निर्देशन गरेका हुन् ।
निर्देशक श्रेष्ठको लेखन समेत रहेको फिल्ममा रोविन तामाङ, कमलमणि नेपाल, रेशा आलेमगर लगायतको अभिनय छ । फिल्मको निर्मातामा प्रशान्त गिरी र देवकुमार श्रेष्ठ हुन् ।
लक्ष्मण काफ्ले र निर्भाना फिल्म स्कूल कार्यकारी निर्माता रहेको फिल्मको चितवन र मुस्ताङमा छायांकन भएको हो ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे