२०८१ मंसिर ८, शनिबार
शिक्षक तिवारीलाई नेपाली काँग्रेसको नवलपुर क्षेत्र नं. २ मा प्रदेश सभा कार्यसमिति सभापति पदमा बहाल रहेको र हाल नेपाली काँग्रेसको विभिन्न चुनावी सभा तथा कार्यक्रममा दलको प्रतिनिधिको रूपमा सहभागी भइरहेकोले आचारसंहिता अनुसारको कारवाहीका लागि आयोगमा उजुरी प्राप्त भएकाले स्पष्टीकरण सोधिएको हो ।
निर्वाचन आचारसंहिता २०७९ को दफा ७ को खण्ड (क) अनुसार नेपाल सरकार, प्रदेश सरकार र स्थानीय तह अन्तर्गतका निकाय, अर्धसरकारी तथा सार्वजनिक संस्था र सोमा कार्यरत कर्मचारीले कुनै राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा प्रचारप्रसारमा संलग्न हुन वा प्रचारप्रसार गर्न हुँदैन ।
सोही दफाको खण्ड ख) अनुसार निजहरूले राजनीतिक दल वा उम्मेदवारले आयोजना गरेको बैठक, सभा, कार्यशाला, गोष्ठी, सम्मेलन, अन्तरक्रिया जस्ता कार्यक्रममा भाग लिन हुँदैन । विद्यालय, महाविद्यालय वा विश्वविद्यालय तथा सोमा सम्बद्ध कर्मचारी, प्राध्यापक तथा शिक्षकले पालना गर्नुपर्ने आचरण अन्तर्गत खण्ड (क) मा कुनै राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा प्रचारप्रसारमा संलग्न हुन वा प्रचारप्रसार गर्न नहुने आचारसंहितामा व्यवस्था छ । साथै आचारसंहिताको सोही दफाको खण्ड (ज) मा सामाजिक सञ्जालमा कुनै राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा कुनै सन्देश, सूचना, प्रचारप्रसारका सामग्री पोष्ट वा शेयर गर्न वा सामाजिक सञ्जालमार्फत मत माग्न नहुने व्यवस्था छ ।
‘तपाईं सरकारी विद्यालयको शिक्षक रहेको व्यक्तिले अमुक दलको निर्वाचन प्रचारप्रसार गर्न हुन्छ, हुँदैन ? तपाई सरकारी विद्यालयको शिक्षक रहेको व्यक्ति दलको राजनीतिक गतिविधिमा तथा प्रचारप्रसारमा संलग्न हुनुभएको तथा शिक्षक पदमा बहाल रहँदै कुनै दलको सदस्य बन्नु भएको होइन भन्ने आधार कारण के छ ?’ स्पष्टीकरणपत्रमा भनिएको छ, ‘यदि तपाईं दलका राजनीतिक गतिविधिमा संलग्न हुनु भएको हो भने तपाईंलाई निर्वाचन आचारसंहिताको उल्लंघनमा निर्वाचन आयोग ऐन, २०७३ को दफा २३ को उपदफा (३) बमोजिम तथा प्रचलित सेवा सम्बन्धी कानून बमोजिम किन कारवाही हुनु नपर्ने हो ?’
तपाईंलाई कुनै माध्यमबाट यो प्राप्त भएको मितिले २४ घण्टाभित्र निर्वाचन आयोगमा वा जिल्ला निर्वाचन कार्यालय, नवलपरासी (बर्दघाट सुस्ता पूर्व) मा आफैँ उपस्थित भई वा आफ्नो प्रतिनिधिमार्फत चित्तबुझ्दो आधार कारणसहित स्पष्टीकरण पेश गर्न आयोगले निर्देशन दिएको छ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे