२०८१ मंसिर ७, शुक्रबार
जिल्लामा एक सय १३ वटा मतदानस्थलमध्ये १३ वटा अतिसंवेदनशील, ३७ संवेदनशील र ६३ वटा सामान्यको सूचीमा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
भौगोलिक विकटता, मतदान केन्द्रको सुरक्षा चुनौती र यातायातको पहुँचका आधारमा मतदानस्थललाई वर्गीकरण गरिएको मुख्य निर्वाचन अधिकृत जिल्ला न्यायाधीश उमेशप्रसाद लुइँटेलले बताए ।
उनका अनुसार यातायातको सुविधा नपुगेको, भौगोलिक विकटता रहेको ठाउँमा सुरक्षाको जोखिम हुनसक्ने भएकाले अतिसंवेदनशील केन्द्रका रुपमा मानिएको हो । निर्वाचनलाई स्वच्छ र भयरहित वातावरणमा सम्पन्न गर्न चारवटै सुरक्षा निकायलाई एकीकृत गरी परिचालन गर्नेगरी सुरक्षा विशेष योजना लागू गरिएको प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले जानकारी दिए ।
सशस्त्र र जनपथ प्रहरी, राष्ट्रिय अनुसन्धान र नेपाली सेनाले विशेष फोर्स स्थापना गरेर निर्वाचनको सूक्ष्मरुपमा विश्लेषण गरी सुरक्षा प्रदान गर्ने उनले बताए । निर्वाचनलाई निष्पक्ष र भयरहित तरिकाले सम्पन्न गर्न मतदानपूर्व, मतदानको दिन र मतदानपछिको परिणाम घोषणा र विजय ¥यालीसम्मका लागि तीन चरणको सुरक्षा योजना बनाइएको छ ।
नेपाल प्रहरीबाहेक सशस्त्र प्रहरीको प्रहरी उपरीक्षकको कमाण्डमा एक निर्वाचन क्षेत्रमा एउटा टोली खटाइने र आवश्यक परे बढीमा २५ मिनेटभित्र नेपाली सेनाको टोली मतदानस्थलमा पुग्ने गरी सुरक्षा योजना बनाइएको छ । मतदान सम्पन्न भएपछि सुरक्षित तरिकाले मतपेटीका गणनास्थलसम्म पुर्याउने, मतगणनास्थल र मतगणना गर्ने कर्मचारी र उम्मेदवारको सुरक्षा र मतपरिणाम आएपछि दलले विजयी र्यालीका लागि तेस्रो चरणको सुरक्षा व्यवस्था मिलाइएको प्रजिअ घिमिरेले बताए ।रासस
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे