२०८१ मंसिर ८, शनिबार
वि.सं. २०७९ कात्तिक २२
सन् २०२२ नोभेम्बर ८ देखि १० सम्म चल्ने फोरममा विश्वभरका महिला नेत्रीको सहभागिता हुने ।
सो अवसरमा महिला राजनीतिक नेतृत्व (डब्लूपीएल)ले राष्ट्रपति भण्डारीलाई यस वर्षको प्रतिष्ठित डब्लूपीएल ट्रेलब्लेजर अवार्डद्वारा सम्मानित गरेको ।
सन् २०१८ मा सुरु गरिएको फोरममा राजनीति, व्यवसाय, नागरिक समाज, शिक्षा, कला र मिडियालगायत क्षेत्रका महिला नेत्रीको वार्षिक जमघट हुने । यो लैङ्गिक समानता, सशक्तीकरण र महिला नेतृत्व अभ्यासबारे विचार आदानप्रदान गर्ने मञ्चका रूपमा रहेको ।
२. जलवायु परिवर्तनसम्बन्धी सम्मेलनको २७औँ संस्करण कोप–२७ कहाँ आयोजना गरिएको छ ?
सार्म एल शेख (इजिप्ट)
जलवायु परिवर्तनको उद्घोष भएको सन् १९९२ को रियो द जेनेरियो हुँदै २०१५ को पेरिस सम्झौता र अघिल्लो वर्षको कोप–२५ सम्म आइपुग्दा भएका विविध विश्वव्यापी सहमति र तिनको भविष्यको रणनीतिक बाटो तय गर्न यस वर्षको सम्मेलन पथप्रदर्शक हुने विश्वास गरिएको ।
विश्वव्यापी तापक्रम १.५ डिग्री सेल्सियसभन्दा माथि उकासिँदै गएको घोषणा भइरहँदा आगामी दिनमा कसरी अघि बढ्ने भन्ने साझा अवधारणा बनाउने सम्बन्धमा सम्मेलन केन्द्रित रहेको ।
युरोपेली सांसदद्वारा जलवायु परिवर्तनको असरबाट बढी प्रभावित विकासोन्मुख राष्ट्रलाई ऋणको सट्टा अनुदानमा प्राथमिकता दिनुपर्ने प्रस्ताव पारित ।
जी सेभेन र ५५ वटा जोखिममा रहेका राष्ट्र सम्मिलित भी–२० समूहले जलवायु प्रकोपविरुद्ध ग्लोबल सिल्ड नामक अभियान सुरुवात गर्न सहमतिमा हस्ताक्षर गरेका ।
३. अरब लिगको ३१औँ शिखर सम्मेलन कहाँ र कहिले आयोजना गरियो ?
अल्जेरियाको राजधानी अल्जियर्स, सन् २०२२ नोभेम्बर १
४. टी–२० विश्वकप क्रिकेटमा सर्वाधिक व्यक्तिगत रन बनाई कीर्तिमान कायम गर्न सफल खेलाडी को हुन् ?
विराट कोहली, भारत
सन् २०२२ अक्टोबर/नोभेम्बरमा अस्ट्रेलियामा सञ्चालित खेलका दौरान नोभेम्बर २ का दिन उनले बङ्गलादेशविरुद्धको खेलमा १६ रन बनाएपछि श्रीलङ्काली पूर्वकप्तान महेला जयवर्धनेको नाममा रहेको कीर्तिमान तोडेका ।
कोहलीले २५ खेलमा १०६५ रन बनाउन सफल भएका ।
टी–२० विश्वकपमा धेरै रन बनाउन सफल खेलाडी ः
– पहिलो : विराट कोहली, भारत – १०६५ रन (२५ खेल)
– दोस्रो : महेला जयवर्धने, श्रीलङ्का – १०१६ रन (३१ खेल)
– तेस्रो : क्रिस गेल, वेस्ट इन्डिज – ९६५ रन (३३ खेल)
– चौथो : रोहित शर्मा, भारत – ९२१ रन (३७ खेल)
– पाँचौँ : तिलकरत्ने दिल्सान, श्रीलङ्का – ८९७ रन (३५ खेल)
५. नेपालमा हालसम्म कति जनालाई राष्ट्रिय विभूति घोषणा गरिएको छ ?
१८
सरकारले घोषणा गरेका पछिल्ला पाँच राष्ट्रिय विभूति
– १८औँ : जयपृथ्वीबहादुर सिंह (२०७९ असार ६)
– १७औँ : भक्ति थापा (२०७८ मङ्सिर १४)
– १६औँ : महागुरु फाल्गुनन्द (२०६६ मङ्सिर १६)
– १५औँ : पासाङल्हामु शेर्पा (२०५९ वैशाख १०)
– १४औँ : शङ्खधर साख्वा (२०५६ मङ्सिर २)
६. चिनियाँ कम्युनिस्ट पार्टीको २०औँ महाधिवेशनबाट तेस्रो कार्यकालका लागि चयन हुने राजनीतिज्ञ को हुन् ?
सी चिनफिङ (सन् २०२२ अक्टोबर १६–२२) यससँगै महाधिवेशनले ११ जना महिलासहित २०५ सदस्यीय केन्द्रीय कमिटी चयन गरेको छ ।
७. प्रतिनिधि सभाका १६५ निर्वाचन क्षेत्रमध्ये धेरै मतदाता भएको निर्वाचन क्षेत्र कुन हो ?
रामेछाप (कुल मतदाता ः एक लाख ८० हजार १०६)
निर्वाचन आयोगले वि.सं. २०७९ असोज ३१ मा सार्वजनिक गरेको क्षेत्रगत मतदाताको विवरणअनुसार डेढ लाखभन्दा बढी मतदाता भएका निर्वाचन क्षेत्र १३ वटा रहेका ।
सबैभन्दा कम मतदाता रहेको निर्वाचन क्षेत्र : मनाङ (कुल मतदाता : ६७७९)
नोट : निर्वाचन क्षेत्र कायम गर्ने काम निर्वाचन आयोगको होइन । निर्वाचन क्षेत्र निर्धारण आयोगले २० वर्षमा एक पटक निर्वाचन क्षेत्र निर्धारणका लागि सिफारिस गर्छ ।
८. सरकारले कर्णाली प्रदेशका कति जिल्लाका विपत् प्रभावित स्थानीय तहको भौगोलिक क्षेत्रलाई विपत् सङ्कटग्रस्त क्षेत्र घोषणा गरेको छ ?
चार (जुम्ला, हुम्ला, मुुगु र कालीकोट)
मन्त्रिपरिषद्को वि.सं. २०७९ असोज २८ को बैठकले सो
निर्णय गरेको ।
विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापनको कार्यलाई थप प्रभावकारी बनाई सम्भावित जोखिमबाट हुने क्षति न्यूनीकरण गरी थप जनधनको नोक्सानी हुन नदिन ती जिल्लालाई विपत् सङ्कटग्रस्त घोषणा गरिएको ।
९. राष्ट्रिय गौरवको सुनकोसी–मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको सुरुङ मार्ग खन्ने कार्यको सुरुवात कहिलेबाट गरिएको हो ?
वि.सं. २०७९ असोज २८
आयोजनाका अनुसार सुनकोसी नदीमा १२ मिटर उचाइको बाँध निर्माण गरी सुनकोसी नदीको पानी उक्त सुरुङमार्फत प्रतिसेकेन्ड ६७ क्युसेकका हिसाबले कमलामाई नगरपालिका–२, कुसुमटारस्थित मरिन खोलामा खसालिने । त्यहाँ ६६ मिटर उचाइबाट पानी झारेर ३१.०७ मेगावाट विद्युत् उत्पादन गरिने । उत्पादित विद्युत् ३७.२ डबल सर्किट प्रसारण लाइनमार्फत राष्ट्रिय ग्रिडअन्तर्गत नवलपुर सबस्टेसनमा जोडिने । आयोजना निर्माणका लागि करिब ४६ अर्ब लागत लाग्ने अनुमान गरिएको । आ.व. २०७७÷७८ बाट सुरु भएको आयोजना २०८२÷८३ सम्ममा सक्ने लक्ष्य रहेको । सुनकोसी–मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको शिलान्यास वि.सं. २०७७ फागुन २० गते भएको ।
१०. नेपालको प्रतिनिधि सभा कति सदस्यीय हुने प्रावधान छ ?
२७५
नेपालको प्रतिनिधि सभामा देहायबमोजिम २७५ सदस्यहरू रहने व्यवस्था छ ः
नेपाललाई जनसङ्ख्या र भौगोलिक अनुकूलता तथा विशिष्टताका आधारमा १६५ निर्वाचन क्षेत्र कायम गरी प्रत्येक निर्वाचन क्षेत्रबाट एक जना सदस्य रहने पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीबमोजिम निर्वाचित १६५ सदस्य ।
सम्पूर्ण देशलाई एक निर्वाचन क्षेत्र मानी राजनीतिक दललाई मत दिने समानुपातिक निर्वाचन प्रणालीबमोजिम निर्वाचित हुने ११० सदस्य ।
११. स्काइ वाक टावरको निर्माण कहाँ गरिएको छ ?
इलामको कन्याम
सो टावर मेची राजमार्गको कन्याम चिया बगाननजिकै रहेको ।
टावरमा सिँढीको सिरानमा चार मिटर चौडाइ र सात मिटर लम्बाइको सिसा राखिएको ।
यस टावरबाट नेपाल र भारतका विभिन्न दृश्यावलोकन गर्न सकिने ।
टावरमा एक पटकमा २२ जनासम्म चढ्न सक्ने क्षमता भए पनि हाल आठ जना मात्र चढाइने गरिएको । साथै प्रतिव्यक्ति शुल्क पाँच सय रुपियाँ तोकिएको । गोरखापत्रबाट
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे