२०८१ बैशाख १३, बिहिबार
अभिनेता प्रदीप खड्काले भारतको ग्लोबल ताज अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा डेब्यु अभिनेताको अवार्ड जितेका छन्।
आइतबार बेलुका सम्पन्न भएको फेस्टिभलमा उनले ‘प्रेमगीत ३’ को हिन्दी संस्करणबाट फिचर फिल्मतर्फ डेब्यु अभिनेताको अवार्ड जितेका हुन्।
यस अवार्डका लागि प्रदीप र ‘प्रेमगीत’ का निर्माता तथा निर्देशक सन्ताेष सेन भारत पुगेका थिए।
सन्तोष सेनको निर्माण तथा निर्देशनमा बनेको ‘प्रेमगीत ३’ पहिलो पटक हिन्दी संस्करणमा प्रदर्शन गरिएको हो। यो फिल्मले नेपाल र भारतमा राम्रो प्रदर्शन गरेको थियो। फिल्मले विश्वव्यापी रुपमा ३९ करोड कमाएको थियो भने नेपालबाट मात्रै १५ करोड ८ लाख कमाएको थियो।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे