२०८१ मंसिर ६, बिहिबार
मङ्गलबार जिल्लामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै नेता कोइरालाले पञ्चायतकालीन राष्ट्रिय निकुञ्ज ऐनकै कारण समस्या भएको बताए । निकुञ्ज प्रभावित क्षेत्रका जनताका समस्या समाधानका लागि ऐन संशोधन आवश्यक भएको बताए।
“ऐनकै कारण निकुञ्ज र मध्यवर्ती क्षेत्र प्रभावित बस्तीमा विकास निर्माणले गति लिन सकेको छैन, निर्वाचनपछि गठबन्धनको सरकारले ऐन संशोधन गर्छ”, कोइरालाले भने । भूमिहीनलाई पुर्जा वितरण गर्नेदेखि त्रिवेणी दुम्किबास राजमार्गलगायत महत्वपूर्ण योजना ऐनकै कारण अगाडि बढ्न नसकेको कोइरालाको दाबी छ ।
वन्यजन्तुबाट हुने मानवीय र बालीनालीको क्षतिको न्यूनीकरण र उचित क्षतिपूर्तिको व्यवस्था गर्न र मध्यवर्ती र निकुञ्ज प्रभावित क्षेत्रको विकास निर्माणलाई अगाडि बढाउन गठबन्धनका उम्मेदवारले जित्नैपर्ने कोइरालाले बताए।
त्यस्तै कोइराला मध्यवर्ती क्षेत्र प्रभावित जनताको जीवनस्तर उकास्न गैंँडाकोटदेखि त्रिवेणी जोड्ने नारायणी करिडोरको निर्माण प्रक्रिया निर्वाचन लगत्तै अगाडि बढ्नेसमेत बताए ।रासस
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे