२०८१ चैत्र २०, बुधबार
निर्वाचनको अन्तिम मतपरिणामअनुसार भण्डारी पाँच हजार ४७४ मतान्तरले प्रतिनिधिसभा सदस्य निर्वाचित भएका हुन्। २०७४ को प्रतिनिधिसभा सदस्य निर्वाचनमा भण्डारी सोही क्षेत्रबाट पराजित भएका थिए।
भण्डारीले ३० हजार ६०४ मत प्राप्त गरेका छन्। निकटतम् प्रतिद्वन्द्वी एमालेका किरण गुरुङले २५ हजार १३० मत पाएका छन्।
निर्वाचन अधिकृत गोविन्द उपाध्यायका अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका विजय जोशीले पाँच हजार ३७३, राष्ट्रिय प्रजातन्त्र पार्टीका नरेन्द्रप्रताप महतले एक हजार ४२१ मत प्राप्त गरे।
कुल ६८ हजार ८१७ मत खसेकोमातीन हजार ५८१ मत बदर भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे