२०८१ मंसिर ७, शुक्रबार
आयोगको निर्वाचन कार्यालय चितवनमा उनले स्पष्टीकरण बुझाउनुभएको कार्यालयका सहायक निर्वाचन अधिकृत ईश्वर आचार्यले जानकारी दिए । मङ्गलबार अबेर गरी उनले जवाफ बुझाएका थिए । सो जवाफलाई कार्यालयले निर्वाचन आयोगमा जस्ताको तस्तै बुझाउने बताइएको छ । “बन्दी खाम हामी नखोली आयोगमा पठाउँछौँ । आयोगले यस विषयमा थप निर्णय गर्नेछ,” आचार्यले भने ।
चितवन क्षेत्र नम्बर २ मा लामिछानेले अग्रता लिइरहेका बेला सो जवाफ बुझाएका हुन् । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका लामिछानेविरुद्ध नेपालको नागरिकता त्याग नगरेकाले उम्मेदवारी खारेजी गर्नुपर्ने माग गर्दै परेको उजुरी परेपछि गत कात्तिक ३० गते आयोगले उहाँलाई स्पष्टीकरण सोधेको थियो। मङ्गलबार स्पष्टीकरणको अन्तिम दिन थियो । गोरखापत्रबाट
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे