२०८१ चैत्र ३०, शनिबार
विवाह पञ्चमीमा भगवान सीतारामको विवाह भएकै मण्डपमा उनीहरुको विवाह हुने गरेको छ । विगत चार वर्षदेखि भइरहेको सामूहिक विवाहको उद्देश्य जनकपुरधामलाई विश्वकै उत्कृष्ट वैवाहिक गन्तव्यको रुपमा पर्यटनको विकास गर्नु र दहेज(दाइजो) उन्मूलनको सन्देश प्रवाह गर्नु रहेको आयोजकको भनाइ छ ।
जनकपुरधामको हुनेखाने स्थानीयसँग सहयोग सङ्कलन गरी मिथिलाको विवाहमा बेहुलीलाई उपहारस्वरुप दिइने मङ्गलसुत्र, बिछाओन, लत्ताकपडासहितको व्यवस्थापन आयोजकले गर्दै आएको छ ।
यसले गरिब र विपन्नको पनि विवाह धार्मिक, सामाजिक र प्रतिष्ठितरुपमा हुने आयोजकको भनाइ छ । विवाहका लागि योग्य उमेर पुगेकालाई विवाह गराइने यस कार्यक्रमले सामाजिक भाइचारा विकास हुने बताइएको छ ।रासस
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे