• मुख्य समाचार
  • समाचार
  • अर्थ/कृषि
  • अपराध गतिविधि
  • सूचना-प्रविधि
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
Advertisement
SKIP THIS
२०७९ माघ २२, आईतबार
ट्रेन्डीङ्ग
मौसमस्वास्थ्यनिर्वाचन आयोगनेपाली कांग्रेसचितवनआईपीओस्थानीय तह सदस्य निर्वाचनपक्राउ
  • Preeti To Unicode
  • Unicode To Preeti
  • गृह
  • समाचार
  • नवलपुर बिशेष
    • गैँडाकोट नगरपालिका
    • देबचुली नगरपालिका
    • कावासोती नगरपालिका
    • मध्यबिन्दु नगरपालिका
    • विनयी-त्रिवेणी गाउँपालिका
    • बौदीकाली गाउँपालिका
    • बुलिङटार गाउँपालिका
    • हुप्सेकोट गाउँपालिका
  • शेयर बजार
    • आई.पी.ओ.
    • लाभांस
    • साधारण सभा
    • हकप्रद
  • अर्थ/कृषि
  • लोकसेवा
    • वस्तुगत
    • बिषयगत
  • राजनीति
  • शिक्षा
  • स्वास्थ्य
    • स्वास्थ्य टिप्स
    • कोरोना अपडेट
  • अन्य
    • कला/साहित्य
    • धर्म/संस्कृति
    • सूचना-प्रविधि
    • मनाेरञ्जन
    • खेलकुद
    • विचार
    • अपराध गतिविधि
    • राशिफल
    • सामाजिक सञ्जालबाट
    • नवलपुर टि.भी.
    • अर्न्तराष्ट्रिय
  • प्रदेश
  • खोज
  • निर्वाचन१२
  • रुचाईएका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • ताप्लेजुङ्ग
    • पाँचथर
    • इलाम
    • भोजपुर
      • संखुवासभा
      • तेह्रथुम
        • धनकुटा
      • खोटाङ्ग
      • सोलुखुम्बु
        • ओखलढुंगा
    • उदयपुर
      • झापा
    • मोरङ
    • सुनसरी
  • मधेश प्रदेश
    • सप्तरी
      • सिराहा
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
      • रौतहट
    • बारा
    • पर्सा
  • बागमती प्रदेश
    • धादिङ्ग
      • काठमाडौँ
        • दोलखा
        • रामेछाप
        • सिन्धुली
        • काभ्रेपलाञ्चोक
          • सिन्धुपाल्चोक
          • रसुवा
            • नुवाकोट
    • चितवन
      • मकवानपुर
    • भक्तपुर
    • ललितपुर
  • गण्डकी प्रदेश
    • गोरखा
    • लम्जुङ्ग
      • तनहुँ
      • कास्की
        • मनाङ
    • मुस्ताङ
    • पर्बत
      • स्याङ्गजा
    • म्याग्दी
      • बाग्लुङ्ग
    • नवलपुर
  • लुम्बिनी प्रदेश
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रूकुम पूर्व
    • नवलपरासी पश्चिम
  • कर्णाली प्रदेश
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
    • रूकुम पश्चिम
  • सुदूरपश्चिम प्रदेश
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

निर्वाचन अपडेट

थप+
१

चार हजार २८५ उम्मेदवारको धरौटी रकम जफत

१ महिना अघि
२

स्याङ्जा-२ मा धनराज गुरूङको अग्रता कायमै

२ महिना अघि
३

निर्वाचनको खर्च विवरण नबुझाए पद जाने

२ महिना अघि
४

प्रतिनिधिसभा निर्वाचनमा १० उम्मेदवार दुई सयभन्दा कम मतले पराजित

२ महिना अघि
५

१६१ निर्वाचन क्षेत्रको अन्तिम नतिजा सार्वजनिक, कहाँ कसले जिते?

२ महिना अघि
६

एकै घरका दाजुभाइ प्रदेशसभा सदस्यमा निर्वाचित

२ महिना अघि
७

यी हुन् प्रतिनिधिसभामा विजयी हुने ८ जना महिला नेत्रीहरु

२ महिना अघि
८

प्रधानमन्त्रीसहित छ मन्त्री निर्वाचित, पाँच पराजित

२ महिना अघि
९

चितवन ३ (२) मा माओवादी केन्द्रका ढकाल विजयी

२ महिना अघि
१०

चितवन–३ बाट राप्रपाका बिक्रम पाण्डे निर्वाचित

२ महिना अघि
११

रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकमा कटायो थ्रेसहोल्ड

२ महिना अघि
१२

गुल्मी– १ मा चन्द्र भण्डारीको अग्रता कायमै

२ महिना अघि

धेरै पढिएका

१

“जैमिनी मेला २०७९” पौष २९ देखि सुरू

३ हफ्ता अघि
२

बसभित्र तास खेलिरहेका चारजना पक्राउ

१ हफ्ता अघि
३

गजल

३ हफ्ता अघि
४

चितवन महोत्सवमा टिकट काट्न लाईन बस्नु नपर्ने

३ हफ्ता अघि
५

एउटै रूखमा झुन्डिएको अवस्थामा युवक र युवतीको शव फेला

१ हफ्ता अघि
६

सुन्तलीको निर्देशनमा रहेको वेव सिरिज ‘मै राम्री’ पौष २८ देखि प्रसारण हुने

३ हफ्ता अघि
७

गोरखा हाजिर हुन हिँडेका सीडीओकाे सरुवा रद्द भएपछि..

१ हफ्ता अघि
८

साली नदीमा भक्तजनको घुईँचो (फोटो फिचर)

४ हफ्ता अघि
९

चाैथाे देवचुली महोत्सव भोलिदेखि सुरू

२ हफ्ता अघि
१०

विद्युतीय राहदानी : आजदेखि जुनसुकै समयमा इनरोलमेन्ट फारम भर्न सकिने

५ दिन अघि
११

महेन्द्र राजमार्गको भेंडाबारी खण्डमा कालोपत्र परिक्षण

३ हफ्ता अघि
१२

छोराबुहारीलाई अष्ट्रेलिया बिदाइ गरि फर्केकी आमाको घर नपुग्दै मृत्यु

२ हफ्ता अघि

निर्वाचनको खर्च विवरण नबुझाए पद जाने

नवलपुर अनलाइनप्रकाशित मिति: २०७९ मंसिर १६, शुक्रबार (२ महिना अघि)

  • ९० पटक पढिएको
  • आवधिक निर्वाचनअन्तर्गत तीन तहकै सरकारका लागि भएका निर्वाचन सकिएका छन्। निर्वाचन सकिए पनि यसको प्रक्रिया भने अझै कम्तीमा छ महिना जारी नै रहने छ। त्यो भनेको निर्वाचनलाई स्वच्छ बनाउने प्रक्रिया हो।

    निर्वाचन आयोग ऐन २०७३ को दफा २६ को उपदफा ५ ले निर्वाचन स्वच्छताको व्यवस्था गरेको छ। जसमा भनिएको छ, ‘निर्वाचन खर्च नबुझाएको र निर्वाचन आयोगले तोकेको समय सीमाभित्र जरिवानासमेत नबुझाउने व्यक्ति निर्वाचित भएको रहेछ भने निजको निर्वाचन स्वतः बदर हुनेछ।’ निर्वाचित जनप्रतिनिधिहरू पनि ऐनको यो व्यवस्थाबारे अनभिज्ञ नहोलान् तर त्यसको पालनामा भने अधिकांश निर्वाचित जनप्रतिनिधि चुक्ने गरेका छन्।

    स्थानीय तहमा उम्मेदवार रहेका जनप्रतिनिधिका आकाङ्क्षी प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा पनि उम्मेदवार रहे। तीमध्ये अधिकांशले स्थानीय तहमा उम्मेदवार हुँदाको खर्च विवरण समयमा नबुझाएका कारण उम्मेदवारी नै खारेज हुने भएपछि जरिवाना तिरे पनि नबुझाउने अझै धेरै छन्। त्यस्ता निर्वाचितको पद नै जाने र ती स्थानमा उपनिर्वाचन हुने व्यवस्था ऐनको हो। निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले ऐनको उक्त दफा प्रतिनिधि तथा प्रदेश सभा सदस्यमा निर्वाचित भएकालाईसमेत लागू हुने बताउनुभयो।

    निर्वाचन आयोगले आमनिर्वाचन २०७९ को अन्तिम परिणाम सार्वजनिक नहुँदै गत सोमबार तोकिएको समय सीमाभित्रै निर्वाचन खर्च बुझाउन उम्मेदवारलाई सचेत गराइसकेको छ। यस प्रकारको सचेतना आयोगले स्थानीय निर्वाचनपछि पनि बारम्बार गराएको थियो तर समयमै निर्वाचन खर्च नबुझाएका एक लाख २३ हजार ७८३ उम्मेदवार आयोगको कारबाहीमा परे।

    प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनमा ११ हजार ५४३ जना उम्मेदवार छन्। अधिकांश निर्वाचन क्षेत्रको मतपरिणाम सार्वजनिक भइसकेको छ। आयोग ऐनअनुसार उम्मेदवारले आफ्नो क्षेत्रको मतपरिणाम सार्वजनिक भएको मितिले ३५ दिनभित्र जिल्ला निर्वाचन कार्यालयमा निर्वाचन खर्च विवरण बुझाउनु पर्नेछ तर जिल्ला निर्वाचन कार्यालयहरूका अनुसार मङ्सिर ६ गतेदेखि नै परिणाम आउन सुरु भए पनि यसबीचमा निर्वाचन खर्च बुझाउने उम्मेदवारको सङ्ख्या थोरै मात्र छ।

    आयोगको कानुन तथा राजनीतिक दल व्यवस्थापन महाशाखाका प्रमुख एवं सहसचिव यज्ञप्रसाद भट्टराईले भन्नुभयो, “लेखापरीक्षकको प्रतिवेदनका आधारमा राजनीतिक दल वा उम्मेदवारले अस्वभाविक खर्च गरेको देखिएमा त्यस्तो राजनीतिक दल वा उम्मेदवारलाई त्यसरी गरेको खर्च बराबरको रकम वा पाँच लाख रुपियाँमध्ये जुन बढी हुन्छ, सो बराबरको रकम जरिवाना गर्न सक्नेछ।”

    प्रतिनिधि सभा सदस्यले २५ लाखदेखि ३३ लाख रुपियाँसम्म खर्च गर्न पाउने व्यवस्था छ। यसैगरी प्रदेश सभा सदस्यले १५ लाखदेखि २३ लाखसम्म खर्च गर्न पाउनेछन्। ऐनको उक्त दफाबमोजिम उम्मेदवारले निर्वाचन खर्च नबुझाएको अवस्थामा सोहीबमोजिम जरिवाना तिर्नुपर्ने देखिन्छ।

    प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवारले गर्ने खर्चको अनुगमन गर्न आयोगले निर्वाचनको पूर्वसन्ध्यामा नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धान विभागलाई समेत आग्रह गरेको थियो। आयोगका उपन्यायाधिवक्ता गुरुप्रसाद वाग्लेले राजनीतिक दल वा उम्मेदवारले गरेको खर्च मुनासिव नदेखिने अवस्थामा लेखापरीक्षण गराउन सक्ने बताउनुभयो।

    स्थानीय निर्वाचनमा उम्मेदवारलाई जरिवाना तोकिसकेको आयोगमाथि प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनमा उक्त अभ्यासलाई निरन्तरता दिनुपर्ने दबाब हुनेछ। आयोग ऐनकै दफालाई टेक्दा प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनको समानुपातिकतर्फ ३६९ जना उम्मेदवारको नाम बन्दसूचीबाट हटाइयो। नाम हटाइएकाहरू स्थानीय निर्वाचनमा उम्मेदवार थिए तर आयोगले तोकेको समय सीमाभित्र निर्वाचन खर्च बुझाएनन्, न त आयोगले तोकेको जरिवाना नै बुझाए।

    ऐनबमोजिम छ महिनासम्म जरिवाना नबुझाउने राजनीतिक दल वा उम्मेदवारलाई आयोगले तत्कालैदेखि लागू हुनेगरी बढीमा छ वर्षसम्म कुनै पनि निर्वाचनमा भाग लिन रोक लगाउन वा उम्मेदवार हुन अयोग्य घोषित गर्न सक्नेछ। स्थानीय निर्वाचनका ३६९ उम्मेदवारको हकमा उक्त दफा आकर्षित भयो। आयोग पदाधिकारीको साउन ३१ गतेको बैठकले मतपरिणाम सार्वजनिक भएको ३५ दिनभित्र निर्वाचन खर्च नबुझाउने उम्मेदवारको सूची सार्वजनिक गरेको थियो र छ महिनाभित्र जरिवाना बुझाउन आग्रह गरेको थियो। जसअनुसार निर्वाचित पदाधिकारी तथा सदस्यले माघभित्र जरिवाना तिर्नुपर्ने छ। कानुन महाशाखाका प्रमुख भट्टराईले भन्नुभयो, “छ महिनाभित्र जरिवाना नबुझाए आयोगले निर्णय गरेपछि ती पदमा पुनः निर्वाचन हुनेछ।”

    ७० प्रतिशतले तिरेनन् जरिवाना 

    ऐनमा यस प्रकारको कठोर व्यवस्था भए पनि स्थानीय तहका ७० प्रतिशतभन्दा बढी निर्वाचित पदाधिकारीले जरिवाना तिरेका छैनन्। यो सङ्ख्या २४ हजार ४८ जना निर्वाचितको हो। स्थानीय निर्वाचनबाट ३५ हजार २२१ जना निर्वाचित हुनुपर्नेमा दलित सदस्यमा केही स्थान रिक्त रहन गयो।

    जरिवाना नतिरेका स्थानीय तहका उम्मेदवारले प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनमा उम्मेदवार हुन नपाउने भएपछि केहीले जरिवाना बुझाएका छन्। आयोगको आर्थिक प्रशासन महाशाखाका अनुसार १३० जना उम्मेदवारले जरिवाना बुझाएका छन्। जसबाट करिब चार करोड ३७ लाख १५ हजार रुपियाँ राजस्व असुल भएको छ। उम्मेदवारी दिए पनि निर्वाचित हुन नसकेका करिब ९९ हजारले जरिवाना बुझाएका छैनन्।

    ऐन संशोधन आवश्यक

    संसद्बाट पारित भएको ऐन कार्यान्वयनमा जाँदा राजनीतिक दलले नै आपत्ति जनाउँदै आएका छन्। आफैँ वा आफ्ना प्रतिनिधिले पारित गरेको ऐन कार्यान्वयन गर्दा आयोगले दुःख दिन खोजेको राजनीतिक दलको बुझाइ छ। आयोगले भने विकल्प भए सुझाउन आग्रह गरे पनि राजनीतिक दलका प्रतिनिधिको सुझावअनुसार नै कारबाही रोक्ने स्थितिमा देखिन्न।

    आमनिर्वाचनका लागि आचारसंहिताको मस्यौदालाई अन्तिम रूप दिन छलफलमा बोलाउँदा राजनीतिक दलका प्रतिनिधिले खर्च नबुझाउने स्थानीय निर्वाचनका उम्मेदवारलाई जरिवाना तिर्नुपर्ने कठोर निर्णय गरेको भन्दै आयोगको आलोचना गरे।

    प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले भने सार्वभौम संसद्ले बनाएको ऐनलाई नै टेकेर यस प्रकारको कारबाही गरिएको स्पष्ट गर्नुभयो। आयोगका उपन्यायाधिवक्ता वाग्लेले “ऐन संशोधन नगरी आयोगको काम–कारबाही रोक्न नसकिने” तर्क गर्नुभयो।  गोरखापत्रबाट

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    निर्वाचन अपडेट सम्बन्धि थप
  • क्यान्सर भएनभएको थाहा पाउने २० लक्षणहरू

  • नेपालगन्जको तरकारीमा अत्याधिक विषादी

  • राष्ट्रिय गौरवका आयोजना घोषणाका ११ वर्ष, निर्माण कछुवा गतिमा

  • नेपाल एयरलाइन्सको टिकट पनि अनलाइनबाट काट्न सकिने

  • समाचार
  • १

    क्यान्सर भएनभएको थाहा पाउने २० लक्षणहरू
    १ दिन अघि

  • २

    नेपालगन्जको तरकारीमा अत्याधिक विषादी
    १ दिन अघि

  • ३

    राष्ट्रिय गौरवका आयोजना घोषणाका ११ वर्ष, निर्माण कछुवा गतिमा
    १ दिन अघि

  • ४

    नेपाल एयरलाइन्सको टिकट पनि अनलाइनबाट काट्न सकिने
    १ दिन अघि

  • ५

    बावुको हत्या गरेको अभियोगमा छोरा पक्राउ
    १ दिन अघि

  • ६

    सरकारले यी शीर्षकमा गर्‍याे २० प्रतिशत खर्च कटौती
    १ दिन अघि

  • ७

    उचित मुल्य नपाएपछि सडकमै तरकारी फ्याँकेर विरोध
    १ दिन अघि

  • ८

    उद्योग वाणिज्य संघ–चितवनले मनायो ६३ औं स्थापना दिवस
    १ दिन अघि

  • ९

    वनविज्ञ सचिव छोडेर कृषिका सहसचिवलाई जिम्मेवारी
    २ दिन अघि

  • १०

    दुबई पुगेकी किशोरी ५ लाखमा कुवेतमा बिक्री
    २ दिन अघि

  • नवलपुर बिशेष
    १

    नवलपुरको अमलटारीबाट पनि जिप सफारी

    अमलटारी
    २

    चाैथाे देवचुली महोत्सव भोलिदेखि सुरू

    चाैथाे देवचुली महोत्सव
    ३

    पत्रकार त्रिभुवन पौडेलको निधनप्रति पत्रकार महासंघ नवलपुरको श्रद्धान्जली सभा

    नवलपुर अनलाईन
    ४

    महेन्द्र राजमार्गको भेंडाबारी खण्डमा कालोपत्र परिक्षण

    नवलपुर अनलाईन
    ५

    कालीगण्डकी करिडोर : गैँडाकोट राम्दी सडकखण्ड अन्तिम चरणमा

    कालीगण्डकी करिडोर
    ६

    कोरोना सङ्क्रमणबाट सतर्क रहन नवलपुर प्रशासनको आग्रह

    जिल्ला प्रशासन कार्यालय नवलपुर
    ७

    पिकनिकमा मदिरा सेवन गरि विद्यार्थीलाई दुर्व्यवहार गर्ने गैंडाकोटका तीन शिक्षक पक्राउ

    पिकनिक
    ८

    मुकुन्दसेन इङ्लिस बोर्डिङद्धारा एनसीसी प्रदर्शन

    मुकुन्दसेन इङ्लिस बोर्डिङ

    ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित

    नवलपुर अनलाइन डट कम का लागि

    कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०

    सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०

    प्रेस काउन्सिल सु.प्र.नं. ३७५४

    गैंडाकोट, नवलपुर

    ९८४११८१७२६

    [email protected]

    हाम्रो टीम

    संचालक: प्रकाश भण्डारी

    सम्पादक: अनिता गैरे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • Preeti To Unicode
    • Unicode To Preeti
    • निर्वाचन अपडेट

    स्रोतहरू खुलाइएका बाहेक नवलपुर अनलाइनमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोरियस मिडिया प्राइभेट लिमिटेडका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

    Copyright © 2022 Glorious Media Pvt. ltd., All Rights Reserved. Designed by: GOJI Solution