२०८१ बैशाख १३, बिहिबार
काठमाडौं । प्युठानको एउटा विवाहमा भोज खाएका ३५ जना जन्ती विरामी परेका छन् । जिल्लाको प्युठान नगरपालिका–६ माझकोटबाट पाल्पाको एक बिहेभोजमा सहभागी एउटै गाउँका ३५ जना बिरामी भएको जिल्ला प्रहरी कार्यालयको भनाइ रहेको छ ।
शुक्रबार जन्ती गएर घर फर्किएका उनीहरुमा ज्वरो, पखाला र बान्ताको समस्या देखिएपछि सबैलाई उपचारका लागि जिल्ला अस्पताल बिजुवार पठाइएको थियो । बिरामीहरुलाई चार ओटा एम्बुलेन्सबाट प्युठान अस्पतालमा ल्याइएको प्युठान नगरपालिकाका मेयर देवेन्द्र बर्माले जानकारी दिए ।
बर्माका अनुसार विरामी परेकाहरु सबैको स्वास्थ्य अवस्था सामान्य बन्दै गएको छ ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे