२०८१ मंसिर ७, शुक्रबार
चितवन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका रविको नागरिकताको वैधानिकतामाथि प्रश्न उठाउँदै सांसद पद खारेजीको माग राखेर युवराज सफलले सर्वाेच्च अदालतमा रिट दायर गरेका छन् ।
अमेरिकाको नागरिकता प्राप्त गरेपछि नेपाली नागरिकता कायम नरहेकोे अवस्थामा आफ्नै अध्यक्षतामा दल दर्ता गरेको, सोही अवस्थामा उम्मेदवारी दिएर प्रतिनिधिसभामा सदस्यमा निर्वाचित भएकाले उनको सांसद पद र पार्टी सभापति खारेज गर्न दायर रिटमा माग गरिएको छ ।
रविको उम्मेदवारी दर्ता गरेर निर्वाचन आयोगले समेत संविधान र ऐनको गम्भीर उल्लंघन गरेको दावी गरिएको छ । रिट संवैधानिक इजलासमा दायर गरिएको छ । रिट निवेदक युवराज सफलले रिटमा रवि लामिछाने, राष्ट्रिय स्वतन्त्र पार्टी, निर्वाचन आयोग, संघीय संसद र जिल्ला प्रशासन कार्यालय काठमाडौंलाई समेत विपक्षी बनाएका छन् । राजधानी दैनिकबाट
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे