२०८१ माघ १८, शुक्रबार
ipo
विक्री प्रबन्धकका अनुसार कम्पनीको आईपीओ खरीदका लागि १२ लाख ५८ हजार ४२१ जनाले १ करोड ४३ लाख ५१ हजार ८३० कित्ताको लागि आवेदन दिएका थिए । कुल आवेदकहरूमध्ये ६५ हजार ९२७ जनाको आवेदन रितपूर्वक नभएकाले रद्द गरिएको जानकारी समेत विक्री प्रबन्धकले दिएको छ ।
मागभन्दा बढी आवेदन परेकाले कम्पनीको आईपीओ गोलाप्रथाको माध्यमबाट वितरण गरिएको हो । रितपूर्वक आवेदन दिएका ११ लाख ९२ हजार ४९४ जनालाई बाँडफाँटमा सहभागी गराई भाग्यमानी ५१ हजार ५२२ जना आवेदकले १० कित्ताको दरले शेयर पाएका छन् । कम्पनीले मंसिर २१ गतेदेखि २६ गतेसम्म सर्बसाधारणलाई आईपिओ निष्काशन गरेको थियोे । कम्पनीले पहिलो चरणमा स्थानीयमा वितरण हुन नसकेको १ लाख ४ हजार कित्ता समेत जोडेर कुल ५ लाख ५४ हजार कित्ता सर्वसाधारणमा वितरण गरेको हो ।
सर्वसाधारणमा वितरण गरिएको कुल कित्ता शेयरमध्ये ५ प्रतिशत अर्थात २७ हजार ७०० कित्ता शेयर सामूहिक लगानी कोषहरुको लागि बाँडफाँट गरिएको छ भने २ प्रतिशत अर्थात ११ हजार ८० कित्ता शेयर कर्मचारीका लागि छुट्याईएको छ । यी बाहेक बाँकी ५ लाख १५ हजार २२० कित्ता शेयर भने सर्वसाधारणमा बाँडफाँट गरिएको हो ।
यस कम्पनीले बाग्लुङ जिल्लामा १ दशमलव ५ मेगावाट क्षमताको ठेउले खोला जलविद्युत आयोजना निर्माण गरेको छ । उक्त आयोजनाबाट कम्पनीले २०७४ साल असार २४ गतेदेखि व्यापारिक उत्पादन गर्दै आएको छ । आर्थिक वर्ष ०७७/७८ सम्मको वास्तविक वित्तीय विवरण अनुसार कम्पनी रू. ५ करोड ८९ लाखभन्दा बढी सञ्चित नोक्सानीमा रहेको छ ।
सो अवधिसम्म कम्पनीको प्रतिशेयर आम्दानी रू. १ दशमलव ९३ र प्रतिशेयर नेटवर्थ रू. ६४ दशमलव ९७ छ । गत असार मसान्तसम्मको अपरिस्कृत वित्तीय विवरण अनुसार भने कम्पनी रू. ४ करोड ७७ लाखभन्दा बढी सञ्चित नोक्सानीमा रहेको छ । अपरिस्कृत वित्तीय विवरण अनुसार कम्पनीको प्रतिशेयर आम्दानी रू. ६ दशमलव १९ र प्रतिशेयर नेटवर्थ रू. ७३ दशमलव ४५ छ ।आर्थिकन्यूजबाट
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे