२०८१ मंसिर १०, सोमबार
संघले कोरोना बिमा गरी पीसीआर रिपोर्ट पोजेभिट देखिएका बिमितले विभिन्न कम्पनीमा दाबीका लागि जानकारी गराएर पनि आवश्यक कागजात नबुझाएकालाई आगामी १५ दिनभित्र कागजात बुझाउन यस्तो आग्रह गरेको हो ।
संघले आइतबार सार्वजनिक सूचना जारी गर्दै दाबी भुक्तानीका लागि अझैसम्म पनि आवश्यक कागजात नबुझाएका बिमितलाई आगामी १८ पुससम्ममा आफुले दाबी गरेका कम्पनीहरूमा सम्पर्क गरी आवश्यक कागजात बुझाउन यस्तो आग्रह गरेको जनाएको छ ।
यसअघि दाबीकर्तालाई बारम्बार ताकेता गर्दासमेत आवश्यक कागजात नबुझाएको भन्दै संघले यस्तो आग्रह गरेको बताएको छ । आगामी १५ दिनभित्र आफूले दाबी गरेका कम्पनीमा सम्पर्क गरी अपुग कागजात बुझाउन यसरी जानकारी गराउँदा समेत नबुझाए उनीहरूको फाइल नै बन्द गरिने सो संघले जनाएको छ ।
चौतर्फी दबाबपछि नेपाल बिमा प्राधिकरणको निर्देशनपछि बल्ल विभिन्न बिमा कम्पनीले गत १३ मंसिरदेखि कोरोना बिमाको दाबी भुक्तानी दिन सुरु गरेका थिए । सबै बिमितलाई भुक्तानी दिन अपुग रकम मात्र सरकारले निकासा गरिदिएपछि अहिले सम्बन्धित बिमा कम्पनीले पहिलो चरणमा व्यक्तिगत रूपमा बिमा शुल्क तिरेर बिमालेख जारी गर्ने बिमितलाई मात्र भुक्तानी दिइरहेको छ । पहिलो चरणको वितरण कार्य सकिएपछि सरकारी कर्मचारी तथा संस्थागत रूपमा कोरोना बिमालेख जारी गरेको दाबीकर्तालाई पीसीआर रिपोर्ट पहिलो नम्बरमा बुझाएकालाई क्रमअनुसार भुक्तानी गर्दै जाने बताएको छ ।
व्यक्तिगत दाबीकर्ताबाहेकका दाबीकर्ताको हकमा भने नेपाल सरकार र नेपाल बिमा प्राधिकरणबाट आगामी दिनमा गरिने निर्णयअनुसार क्रमशः भुक्तानी गरिने निणर्यअनुसार पछि वितरण हुने संघले जनाएको छ । संघका अनुसार हाल व्यक्तिगत र परिवारको २५ हजार चारवटा बिमा दाबी भुक्तानी गर्न बाँकी छ । पहिलो चरणमा सोमध्ये १८ हजार ६० वटा बिमालेखको मात्रै भुक्तानी गरिने संघले जनाएको छ ।
संघका अनुसार यो संख्या विभिन्न बिमा कम्पनीमा परेको व्यक्तिगत एवं परिवारको बिमालेख संख्याको ७२ प्रतिशत हो । सरकारले आफ्नो दायित्वमा परेको रकम निकासा नगरेको भन्दै बिमा कम्पनीले २०७८ सालको १४ साउनदेखि भुक्तानी प्रक्रिया रोकेका थिए ।
त्यसबेलादेखि नै बिमा कम्पनीले दाबी भुक्तानी रोकेको लामो समयपछि सरकारले पुनः आफ्नो दायित्व स्वीकार गर्दै कोरोना बिमाको दाबी भुक्तानीका लागि १ अर्ब रुपैयाँ निकासा गरेको थियो । सरकारले निकासा गरेको १ अर्ब रुपैयाँलाई ५५ प्रतिशत हिस्सा मानी नेपाल पुनर्बिमा कम्पनीबाट १२ प्रतिशत, सम्बन्धित बिमा कम्पनीबाट २५ प्रतिशत र बिमा प्राधिकरणबाट ८ प्रतिशत रकम भुक्तानी गर्ने सहमति बनेको थियो । सोही सहमतिका आधारमा अहिले बिमा कम्पनीले धमाधम कोरोना बिमाको दाबी भुक्तानी रकम बाँडिरहेका हुन् ।
यो मौकामा समेत कोरोना बिमा दाबी भुक्तानीका लागि आवश्यक कागजात नबुझाएका व्यक्तिगत रूपमा बिमा शुल्क तिरेर बिमालेख जारी गर्ने बिमितलाई आगामी १५ दिनपछि भने भुक्तानी रकम उपलब्ध गराउन नसकिने सो संघले स्पष्ट पारेको छ । तोकिएको अवधिभित्र पनि दाबीसँग सम्बन्धित कागजात नबुझाउने दाबीकर्ताको कोरोना दाबी भुक्तानी फाइल बन्द गरिने संघले जनाएको छ ।राजधानीडेलिबाट
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे