२०८१ मंसिर ६, बिहिबार
सभाले गत आर्थिक वर्ष ०७८÷७९ सम्मको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारणको विषयलाई टुङ्ग्याउनेछ ।
साथै कम्पनीले प्रस्ताव गरेको ४० प्रतिशत लाभांशलाई समेत अन्तिम स्वीकृति सभाले प्रदान गर्नेछ । कम्पनीले गत वर्षको मुनाफाबाट हाल कायम चुक्तापूँजी रू. १८ अर्बको आधारमा कर समेत ४० प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ ।
यस वर्ष कम्पनीले गत वर्षकै अनुपातमा लाभांश वितरण गर्न लागेपनि नगद लाभांशमा जोड दिएको हो । गत वर्ष कम्पनीले कुल ४० प्रतिशत लाभांश वितरण गर्दा २० प्रतिशत बोनस शेयर र २० प्रतिशत कर समेत नगद लाभांश वितरण गरेको थियो ।
कम्पनीले १५औं वार्षिक साधारण सभा प्रयोजनका लागि पुस १८ गतेदेखि २७ गतेसम्म बुक क्लोज गर्ने भएको छ । बुक क्लोजको आधारमा पुस १७ गतेसम्म कायम शेयरधनीहरूले मात्र कम्पनीको वार्षिक साधारण सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् । आर्थिकन्यूजबाट
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे