२०८१ मंसिर ८, शनिबार
यस अनुसार आजसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले बैंकको साधारण सभामा सहभागिता जनाउन तथा बैंकले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।
बैंकले पुस २५ गते, सोमबार, ड्रिमल्याण्ड गोल्ड रिसोर्ट एण्ड होटल प्रा.लि., मणिग्राम, रुपन्देहीमा चौधौँ वार्षिक साधारण सभा बोलाएको छ। सो सभा बिहान ११ बजे शुरु हुनेछ।
सभाले शेयर प्रिमियमसहित वितरणयोग्य सञ्चित मुनाफाबाट चुक्ता पूँजीको १३.३० प्रतिशतले हुन आउने ५० करोड २८ लाख ७४ हजार १९८ रुपैयाँ ९० पैसा बराबरको बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.७० प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।
त्यसैगरी, अन्य बैंक तथा वित्तीय संस्था एक आपसमा मर्जर तथा एक्विजिशन सम्बन्धी आवश्यक कार्यहरु गर्न तथा प्रबन्धपत्र तथा नियमावली संशोधन गर्नका लागि सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पारित गर्नेछ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे