२०८१ मंसिर ७, शुक्रबार
देशको पश्चिमी तटका साथै उत्तरी क्षेत्र होक्काइडोमा हालैका दिनहरूमा लगातार भारी हिमपात भइरहेको छ भने सोमबारदेखि बाक्लो हिमपात कम हुने अनुमान गरिएको छ । स्थानीय सञ्चारमाध्यमका अनुसार उत्तरपूर्वी यामागाता क्षेत्रको ओगुनी शहरसहित केही क्षेत्रमा २४ घण्टामा झण्डै एक मिटर हिमपात भएको छ ।
भारी हिमपातका कारण कारहरू सडकमा अड्किएपछि जापानको मौसमविज्ञान विभागले प्रभावित क्षेत्रका बासिन्दाहरूलाई सम्भव भएसम्म यात्रा नगर्न निर्देशन दिएको छ । सरकारी अधिकारीहरुले गत डिसेम्बर १७ देखि अहिलेसम्म हिमपातका कारण १७ जनाको मृत्यु हुनुका साथै दर्जनौं घाइते भएको बताएका छन् ।
राष्ट्रिय टेलिभिजन प्रसारक (एनएचके)का अनुसार मृतकमध्ये हिउँ सफा गर्ने क्रममा छतबाट खसेका एक पुरुष र कारमा कार्बन मोनोअक्साइड विषाक्तताका कारण मृत फेला परेकी एक महिला पनि रहेका छन् । होक्काइदोमा हिउँका कारण हालैका दिनहरूमा दशौँ हजार घरहरूमा विद्युतका लाइनहरू ढलेका छन्, यद्यपि अधिकांश जडानहरू अहिले पुनः स्थापित भएका छन् । (रासस/एएफपी)
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे