२०८१ मंसिर ७, शुक्रबार
नवलपुरका प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेद्वारा जारी सूचनामा कोरोना सङ्क्रमण नेपालमा कम हुँदै गए पनि छिमेकी देशमा कोरोनाको नयाँ भेरियन्ट देखा परेकाले त्यसको असर नेपालमा समेत पर्नसक्ने भएकाले स्वास्थ्यका सबै मापदण्ड पूर्ण रूपमा पालना गर्न आग्रह गरिएको छ ।
अहिले भीडभाड हुने स्थानमा नजाने, सार्वजनिकस्थलमा जाँदा अनिवार्यरूपमा मास्क लगाउने, एक अर्काबीच भौतिक दूरी कायम गर्ने, स्यानिटाइजर प्रयोग गर्ने र गराउने तथा अन्य स्वास्थ्य मापदण्डको पालना गर्ने र गराउने विज्ञप्तिमार्फत आग्रह गरिएको छ ।
साथै सबै स्थानीय तहले आ-आफ्नो कार्यक्षेत्रभित्र कोभिड १९ रोकथाम नियन्त्रण तथा पूर्वतयारी सम्बन्धी कृयाकलाप संचालन गर्न समेत प्रमुख जिल्ला अधिकारी घिमिरेले आग्रह गरेका छन् ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे