२०८१ मंसिर ७, शुक्रबार
नयाँ बर्ष २०२३ लाई लक्षित गर्दै बिभिन्न अफरहरू ल्याएको होटल पार्क भ्यूका संचालक कृष्ण प्रसाद पौडेलले नवलपुर अनलाइनसँगको कुराकानीमा बताउनुभयो।
नयाँ बर्षसँगसँगै आन्तरिक र बाह्य पर्यटकहरूको आवागमन बढाउन र रिसोर्टलाई चलायमान बनाउनका लागि विशेष अफर ल्याइएको पौडेलले बताउनुभयो।
प्याकेज १
नयाँ बर्ष लक्षित सस्तो र सुलभ प्याकेजहरूहरूमा बिद्यार्थी तथा २५ जनाको समूहमा आउने ग्राहकलाई १ रात २ दिनको प्याकेज रहेको छ। जसमा स्वागत पेय पदार्थ, थारू साँस्कृतिक नाच, साँझको खाना (भेज/ननभेज), क्याम्पफायर (म्युजिक/नाच), आवास (सेयरिङ्ग) र ब्रेकफास्ट सहितको प्याकेजका लागि प्रतिव्यक्ति १५०० रूपैँया तोकिएको छ।
प्याकेज २
स्वागत पेय पदार्थ, थारू साँस्कृतिक नाच, बेलुकीको खाना (भेज/ननभेज), क्याम्पफायर (म्युजिक/नाच), आवास (सेयरिङ्ग), ब्रेकफास्ट र जीप सफारी (दुई घण्टा), बिहानको खाना (भेज) लगायतको प्याकेजको २५०० रूपैँया रहेको छ जुन प्याकेज १ रात २ दिनको हो।
कपल तथा फेमिली प्याकेज
यस प्याकेज १ रात २ दिन र २ रात ३ दिनको दुईवटा रहेको छ। जसमा बसपार्कदेखि पिकअप सुबिधा, स्वागत पेय पदार्थ, थारू साँस्कृतिक नाच, साँझको खाना (भेज/ननभेज), बिहानको खाना, क्याम्पफायर (म्युजिक/नाच), साईटसिन, भिलेज टुर, सनसेट भ्यू, आवास (सेयरिङ्ग) र हात्ती, डुङ्गा सफारी, जीप सफारी (दुई घण्टा) मध्ये एक रोज्नुपर्नेछ। साथै छोटो जंगल पैदल यात्रा, नेचर गाईड तथा पार्क टिकट सहितको प्याकेज रहेको छ। जसका लागि प्रतिव्यक्ति ५००० शुल्क तोकिएकाे छ।
२ रात ३ दिनको प्याकेजमा माथि उल्लेखित सुबिधामा जीप तथा हात्ती सफारी मध्ये १ रोज्नुपर्नेछ। डुङ्गा सफारी, छोटो जंगल वल्क र हात्ती प्रजनन केन्द्रको अवलोकन सहितको प्रतिव्यक्ति ८ हजार शुल्क लाग्ने होटल पार्क भ्यूका संचालक कृष्ण प्रसाद पौडेलले बताउनुभयो।
पौडेल बिगत ६ बर्षदेखि सौराहामा उत्कृष्ट खाना, आवास लगायत ग्राहकहरूलाई उत्कृष्ट सेवाहरू प्रदान गर्दै आउनुभएका एक सफल होटल व्यवसायी हुनुहुन्छ।
पर्यटकहरूलाई सौराहाको बसाई थप व्यवस्थित र मनोरञ्जनात्मक बनाउनका लागि होटलले यस भन्दा अगाडि पनि बिभिन्न अफरहरू ल्याएको उहाँले बताउनुभयो। होटल बुकिङ्ग तथा थप जानकारीका लागि ९८५५०८५२७५ मा ह्वाट्सएप तथा भाईबर वा सिधै सम्पर्क गर्न सकिनेछ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे